नेपालमा औद्योगिक ग्राम बनाउन मलेशियालाई चेम्बर अफ कमर्सको आग्रह

जेठ ९, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि  मलेशियासँग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेशियालाई चेम्बरले आग्रह गरेको हो । सोमवार काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि मलेशियाका चार्ज डी अफेयर्स मोद फजले विन अवु हसनसँग मलेशियाको नेपालमा लगानी सुनिश्चित गर्न आफूहरुले पहल गर्ने बताए । अध्यक्ष मल्लले भने, ‘नेपाल र मलेशिया बीच श्रमको क्षेत्रमा उच्चस्तरीय सहकार्य हुँदै आएको भन्दै । रेमिट्यान्स भित्र्याउने दृष्टिकोणले पनि मलेशिया नेपालको उत्कृष्ट गन्तव्य बनेको छ । झण्डै ४ लाख नेपाली युवा मलेशियामा रोजगारीमा छन् । श्रम सहकार्यसँगै अन्य विभिन्न क्षेत्रमा लगानीका लागि हामी मलेसिया सरकारलाई आग्रह गर्दछौं ।’ उनले नेपाल र मेलेशिया बीच लगानी सम्वन्धमा सरकारी तवरमै उच्चस्तरीय सहकार्य हुनुपर्ने बताए । सो अवसरमा उनले मलेशियाले नेपालमा खासगरी पर्यटन, जलविद्युत्, सूचना प्रविधि, हस्तकलामा लगानी गर्न सक्ने बताए ।  मलेशियाका चार्च डी अफेयर्स हसनले लगानीका लागि आफूहरु तयार रहेपनि प्रतिफलको सुनिश्चितता सम्बन्धी कानून स्पष्ट हुन नसकेको बताए । उनले भने, ‘मलेशियाले सूचना प्रविधिको क्षेत्रमा पछिल्लो समय दक्षिण एशियाली राष्ट्रमा लगानी बढाइरहेको छ । हामीलाई नेपालमा पनि लगानी गर्न कुनै समस्या छैन । तर प्रतिफल सम्बन्धी नीतिगत व्यवस्थामा स्पष्ट हुन सकेका छैनौं ।’ मलेशियाले अहिले पनि लाखौं नेपाली युवाहरुलाई रोजगारी दिएको बताउँदै उनले आगामी दिनमा यो संख्या थप बढ्न सक्ने बताए । जलविद्युत्, पर्यटन लगायतका क्षेत्रमा नेपालमा लगानी गर्न मलेशिया तयार रहेको उनको भनाइ थियो । 

सम्बन्धित सामग्री

कर्णालीका उत्तरी नाका खोल्न प्रधानमन्त्रीलाई मागपत्र

वीरेन्द्रनगर। कर्णालीको निजीक्षेत्रले चीनसँग जोडिएका नाका खोल्न पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहलसमक्ष माग गरेको छ । कर्णालीमा कोरोनाकालदेखि बन्द भएका उत्तरी नाका अझै खुलेका छैनन् । निजीक्षेत्रले चीनसँग जोडिएका मुगुको नाक्चे नांग्ला, हुम्लाको हिल्सा र डोल्पाको मुरिम्ला नाका खोल्न पहल थाल्न आग्रह गरेको हो । प्रधानमन्त्री दाहाल सुर्खेत आएको अवसरमा सोमवार सुर्खेत उद्योग वाणिज्य संघले विभिन्न १९ बुँदे मागपत्र समेत बुझाएको छ । लामो समयदेखि रोकिएर रहेका चौकुने र लखरपाटामा सिमेन्ट कारखाना स्थापनाका लागि सडक, विद्युत् लगायत पूर्वाधार बनाउनुपर्ने, सुर्खेतको साटाखानीमा प्रस्तावित एक हजार बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यारम्भ गर्नुपर्ने र प्रदेशअन्तर्गतका प्रत्येक जिल्लामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने माग यहाँको निजीक्षेत्रको छ । यसैगरी सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि बजेट विनियोजन गर्न, जडीबुटी संकलन तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन आवश्यक मेशिन, औजार उपकरणको व्यवस्था गर्न र माथिल्लो कर्णाली, नलगाडलगायत जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया थाल्न सरकारलाई आग्रह गरिएको छ । सुर्खेतमा प्रादेशिक स्तरको प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने माग समेत निजीक्षेत्रको छ । मागपत्र बुझ्दै प्रधानमन्त्री दाहालले कर्णालीको निजीक्षेत्रका उक्त मागहरूप्रति आफू सकारात्मक रहेको बताउनुभयो । कर्णालीको विकास र समृद्धिका लागि सरकार सदैव प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभएको छ । ‘सरकारले कर्णालीका समस्या र अभावलाई नजिकबाट नियालेको छ । बेरोजगारी समस्याले युवा विदेशिनुपरेको राम्ररी थाहा छ,’ उहाँले भन्नुभयो, ‘त्यो अवस्था अन्त्य गर्न सरकारले काम गरिरहेको छ ।’ कर्णाली प्रदेशको मेरुदण्डको रूपमा रहेका कर्णाली कोरिडोर, कर्णाली राजमार्ग, भेरी कोरिडोर, राप्ती लोकमार्ग, थारमारे चौरजहारी मार्ग, कैलाश मानसरोवर दर्शन क्षेत्र हुँदै मुक्तिनाथ जोड्ने सडक योजना जस्ता रणनीतिक महत्त्वका योजना पूरा गर्न संघीय सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । ‘बेरोजगारी अन्त्य गरी गरीबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहनेछ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘कर्णालीको विकासलाई मैले सधैं प्राथमिकतामा राख्दै आएको छु, आगामी दिनमा समेत नीति, कार्यक्रम र बजेटमा यस प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ केही सातामा मित्र राष्ट्र चीन भ्रमणमा कर्णाली कोरिडोर र भेरी कोरिडोर निर्माणमा महत्त्वपूर्ण सम्झौता गर्ने तयारीमा आफू रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँ सोमवारदेखि वीरेन्द्रनगरमा शुरू भएको नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आउनुभएको हो ।

नेपालमा औद्योगिक ग्राम बनाउन आग्रह

नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ ।पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्र्तगत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो । नेपालका लागि मलेसियाका चार्ज डि अफेयर्स मोद फजले विन अवु हसनसँग भेटवार्ता गर्दै अध्यक्ष राजेन्द्र मल्लले मलेसियाको लगानी सुनिश्चितताका लागि आफुहरुले पहल गर्ने […]

औद्योगिक ग्राम निर्माणसहित नेपालमा लगानी गर्न मलेसियालाई चेम्बरको आग्रह

नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्र्तगत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो ।नेपालका लागि मलेसियाका चार्ज डि अफेयर्स मोद फजले विन अवु हसनसँगको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मलेसियाको लगानी सुनिश्चितताका लागि आफूहरुले पहल गर्ने बताए । अध्यक्ष मल्लले भने, ‘नेपाल र मलेसियाबीच श्रमको क्षेत्रमा उच्चस्तरीय सहकार्य हुदै आएको छ । रेमिट्यान्स भ

नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह

नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणाअन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो ।

नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक ग्राम स्थापना गर्न मलेसियालाई आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो । नेपालका लागि मलेसियाका चार्ज डि अफेयर्स मोद फजले विन अवु हसनसँग चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मलेसियाको...

चर्चा भएजस्तो देशको अर्थतन्त्र खत्तम भएको छैन : आर्थिक मामिलामन्त्री आङ्बो

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले चर्चा भएजस्तो देशको अर्थतन्त्र खतम भइनसकेको दाबी गरेका छन् ।   आइतवार मोरङ व्यापार संघ र राष्ट्रिय आर्थिक सरोकार समाज पूर्व क्षेत्रीय समितिले विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमासम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाहिर चर्चा भएको जस्तो देशको आर्थिक अवस्था खतम भइनसकेको बताए । उनले अर्थतन्त्रमा केही समस्या देखिए पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरे । आङ्वोले संघीय सरकारले बजेट ल्याएपछि प्रदेश सरकारले पनि बजेट ल्याउने भएकाले उद्योगी व्यवसायी र अर्थविद्ले दिएका सुझावलाई सरकारले बजेट र नीति तथा कार्यक्रममा समेट्ने बताए ।  कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले सरकारले आगामी बर्षको बजेटमार्फत बेरोजगारी समस्या समाधानका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिए । उनले देशमा हाल ३१ लाख युवा बेरोजगार रहेको र तिनलाई रोजगारी दिन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।   फुँयालले सरकारले उद्योग क्षेत्रलाई कहिल्यै उपेक्षा नगरेको बताए । उनले सरकारले ३ हजार ५१ ओटा औद्योगिक ग्राम र ५ ओटा विशेष आर्थिक क्षेत्र निर्माणका लागि योजना अघि बढाइसकेको जानकारी दिए । उनले देशमा औद्योगिक वातावरण तयार पार्ने सरकारको योजनाअनुसार काम भइरहेको दाबी गरे । कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य डा. ज्ञानेन्द्र कार्कीले प्रदेश सरकारले उद्योग क्षेत्रका लागि के गर्न सक्छ, सुझाव लिएर आए सम्बन्धित निकायमा पहल गर्ने बताए ।   नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेले निजीक्षेत्रमैत्री बजेट ल्याउन आग्रह गरे । उनले नेपालको राजनीतिक परिवर्तनमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका भए पनि उसले अझै परिवर्तनको अनुभव गर्न नपाएको गुनासो गरे ।   मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले तरलता संकट र विद्युत् अभावले निजीक्षेत्र मारमा परेको बताए । उनले अर्बौं मूल्यको वस्तु उत्पादन कटौती हुने र लाखौं श्रमिकको रोजगारी गुम्न लागेकोतर्फ सरकारले ध्यान नदिएको गुनासो गरे ।   कार्यक्रममा अर्थविद् डा. वलराम पौडेल, डा. अर्जुन बराललगायतले बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए । मोरङ व्यापार संघका महासचिव अनिल शारडाले आगामी वर्षको बजेटमा समेट्नुपर्ने विषयमा सुझावसहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।