राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद्बाट पास भएको नागरिकता विधेयक प्रमाणीकरणमा ढिलासुस्ती गरेको भन्दै नागरिकताविहीन युवाहरूले काठमाडौंको माइतीघरमा धर्ना सुरू गरेका छन् । उनीहरूले नागरिकता विधेयकसँग आफूहरूको भाग्य र भविष्य जोडिएको भन्दै विधेयक जारी गरिदिन राष्ट्रपतिसँग आग्रहसमेत गरेका छन् ।