महाधिवेशनको पूर्वसन्ध्यामा रोमाञ्चक मोडमा काँग्रेस राजनीति

नेपाली काँग्रेसको राजनीति रोमाञ्चक मोडमा पुगेको छ । काँग्रेसका परम्परागत गुटहरू आवरणमा सग्लै छन् तर भित्रैभित्रै नराम्रोसँग भत्किसकेका छन् । यतिबेला नेताहरू गुटको होइन, आफ्नो राजनीतिक भविष्य जोगाउन केन्द्रित बनेका छन् । १४औँ महाधिवेशनका लागि प्रतिनिधिहरूको छनोटसँगै काँग्रेस राजनीतिले गुटको राजनीतिलाई छिन्नभिन्न बनाइदिएको छ । यद्यपी नेताहरू आफ्नो गुट यथावत रहेको सन्देश दिने कोशिसमा छन् । र, यसले सबैभन्दा ठूलो धोका गुट सम्हाल्दै आएका दोस्रो दर्जाका नेताहरुले बेहोर्ने पक्कापक्की छ । मंगलब