काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ।
साउन ५ र ६ गते काठमाडौँमा केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाले समसामयिक राजनीति, चुनावी समीक्षा, अब हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारी र रणनीतिलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको बताएको छ।