गाउँपालिकाको ७६ लाख खर्चमा अमेरिका जाने निर्णयको विरोध

संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिकाको ७७ लाख खर्चमा पालिका अध्यक्षसहित संवैधानिक आयोगका पदाधिकारी अमेरिका जाने निर्णयको विरोध भएको छ।गाउँपालिकाबाट अमेरिका भ्रमणमा जाने खर्च विवरण बाहिरिएपछि सामाजिक सञ्जाल तातिएको छ। माघ ४ र ५ गते अमेरिकामा हुने छैटौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा सहभागी हुने जाने टोलीको खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको थियो।भ्रमण खर्चको विषयलाई लिएर चर्को विरोध भएपछि अध्यक्ष पासाङ नुर्बु शेर्पाले पत्रकार सम्मेलन गरी खण्डन गरेका छन्। स्मा