पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ। सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ। यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो। वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ। दैनिक ३६४ मेगावाट बिजुली भारत निर्यात भइरहेको छ।झण्डै २५ लाख घरधुरीले २० युनिट बिजुली निःशुल्क पाएका छन्। सिँचाइमा प्रयोग हुने बिजुलीको महसुल झण्डै ५० प्रतिशतले घटेको छ। केन्द्रीय प्रसारण लाइनको विस्तारको काम पनि धमाधम अगाडि बढेको छ। मानिसहरू क्रमशः विदेशी ग्यास छा