काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्याउने बताउनुभएको छ । मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।
काठमाण्डौ महानगरपालिका ४ को बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा राष्ट्रपति भण्डारीले आउँदा दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा थप सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस विद्यालयले राष्ट्रलाई शैक्षिक जनशक्ति उत्पादनमा पुर्याउँदै आएको य...