काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् । नेपाल बार एशोसिएसनको टोलीसँग आज (मंगलबार) आफ्नै निवास बालकोटमा भएको भेटमा उनले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित कानून व्यवसायीको टोली आज ओली निवास बालकोट पुगर […]