विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नीदेवी सहनी छिन् ।भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शुक्रबार साँझ इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको टोलीले पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।