काठमाडौँ,१५ माघ । नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुने भए पनि कुष्ठरोगी अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा अपहेलित होइने डरले यस्ता रोगी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् । परम्परागत मान्यता, भेदभावलगायत कारणले कुष्ठरोगीलाइ घृणा गरिने भएकाले उनीहरुलाई समाजमा खुलेर बस्ने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौती रहेको तनहुँ स्वास्थ्य कार्यालयका […]