रुसको सेनाको युक्रेनको आवासीय इलाकामा मिसाइल हमला जारी रहेको युक्रेनको सेना प्रमुखले बताएका छन् । उनले मानवीय संकटको स्थिति पैदा गर्ने उद्देश्यले रुसले इन्धन डिपोमा हमला गरिरहेको दाबी गरेका छन् ।हालैका दिनमा राजधानी किभ, साथै लविव, रिव्ने, जाइटामिर र लुत्स्कजस्ता थुप्रै शहरमा इन्धन डिपो कथित रुपमा प्रभावित भएका छन् ।युक्रेनी सेनका अनुसार रुसी सेना राजधानी किभ, दक्षिण पूर्वमा जाफोरिज्जिया, दक्षिणमा खेरसान र पूर्वमा खारकिभमा सर्वसाधारण लुटिरहेका छन्, अपहरण र नागरिकलाई बन्धक बनाएर धम्काइरहेका