चोरी गरेको सामान फिर्ता माग्दा हत्या

२६ साउन, जनकपुरधाम । चोरी गरेपछि गाउँमै मिलापत्र गराएर क्षतिपूर्ति दिने गरी बनाइएको तमसुक बमोजिमको पैसा तिर्न दबाव दिएपछि धनुषामा एक व्यक्तिको हत्या भएको पाइएको छ । चोरी गरेको सामान र रकम तिर्न नपर्ने मनसायका साथ सामान धनीका छोराको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । महोत्तरी प्रहरीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको […]

सम्बन्धित सामग्री

ललितपुरको इमाडोलमा चोरी

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित भण्डारी मार्गमा चोरी भएको छ । गएराति स्थानीय सुनिता तामाङको घरबाट ३ लाख ३० हजार नगद, ल्यापटप र मोबाइल चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।जिन्सी सामानसहित ४ लाख ४७ हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीको निष्कर्ष छ । सो चोरीबारे प्रहरी प्रभाग इमाडोलले अनुसन्धान गरिरहेको छ ।

कपिलवस्तुमा विद्युत् ट्रान्सफर्मर चोरी

कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ मा एक हप्ताभित्र दुई वटा ट्रान्सफर्मर चोरी भएको छ । बहादुरगञ्ज नजिकको गाउँका सिँचाइ ट्युबवेलका लागि जडान गरिएका ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी भएको हो ।गत शनिबार देवान गढिया गाउँको पूर्वमा रहेको ट्युबवेलको ट्रान्सफर्मर चोरी भएको छ भने तीन दिनपछि मङ्गलबार राति डगरमरवा गाउँमा रहेको ट्युबवेलको ट्रान्सफर्मर चोरी भएको छ । हप्ता दिनमै बोरिङ सिँचाइका लागि लगाइएको ट्रान्सफर्मर चोरी हुँदा स्थानीयहरू चिन्तित भएका छन् ।चोरी भएको जानकारी आए पनि कसले चोरेको विषयमा

सहकारीसहित सात घरमा चोरी

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो ।कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्श कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले बताउनुभयो । त्यस्तै शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर जिसीको घरबाट रु पाँच हजार चोरी भएको छ । कुश्मीशेरा बजारमा व्यापार गर्ने अनिल सापकोटाको पसलबाट रु २७

विराटनगरको एउटै मोबाइल पसलमा दुईपटक चोरी

विराटनगर–९ महेन्द्र चोकस्थित मोबाइल पसलमा दुईपटक चोरी भएको छ ।महेन्द्र चोकको हिमालय रोडस्थित सनराइज इन्टरप्राइजेज मोबाइल पसलमा चोरी भएको हो । पसलमा सञ्चालक मधुकुमार राईका अनुसार यसअघि २०७६ सालमा पसलबाट १६ लाख रुपैयाँ बराबरका ६० वटा मोबाइल चोरी भएको थियो । पहिले चोरी भएको मोबाइल भेटिएको छैन । शुक्रबार राति पुनः उनकै पसमा चोरी भएको […]

मागअनुसारका मोटरसाइकल चोरी

चितवन, ८ असोज: मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारका मोटरसाइकल चोरी गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चोरी गर्ने गिरोहले ग्राहकको चाहनाअनुसारको मोटरसाइकल चोरी गर्ने गरेका हुन् । मोटरसाइकल चोरीमा संलग्न भएकालाई सार्वजनिक गर्ने क्रममा बिहीबार त्यहाँ आयोजित कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारको मात्रै […]

मोटरसाइकल चोरी गर्ने एक पक्राउ

प्रहरीले मोटरसाइकल चोरी गर्ने एकजनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ। ना.५२ प.१५९८ नम्बरको पल्सर मोटरसाईकल चोरी गर्ने रौतहट यमुनामाई गाउँपालिका वडा नं.५ का करिब १९ वर्षीय रुपक झालाई जिल्ला प्रहरी कार्यालय...

चिकित्सकको घरमा चोरी

११ दिनदेखि अस्पतालमै कोरोना संक्रमितको उपचारमा रहेको र श्रीमती पनि माइत गएको समयमा चोरी भएको हुँदा कुन दिन चोरी भयो भन्ने थाहा नभएको डाक्टर साहले जानकारी दिए।...

तीन लाख नगद चोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट करिब तीन लाख नगद आज चोरी भएको छ । भुइँ तलाको आगन्तुक कोठा खुलै रहेको अवस्थामा सुटकेशमा राखेको उक्त नगद चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी जारी छ । यसैबीच काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित रामबहादुर तामाङको घरको दोस्रो तलामा […]

शंखमुलमा रहेको संसार सहकारीमा चोरी

काठमाडौंः काठमाडौंको शंखमुलमा रहेको सहकारीमा चोरी भएको छ। मंगलबार राति काठमाडौं महानगरपालिका-१० शंखमुलस्थित संसार सहकारी संस्थामा चोरी भएको हो। सहकारीमा रहेको  नगद २ लाख २४ हजार रुपैयाँ मंगलबार राति चोरी भएको भएको प्रहरीले जानकारी दिएको छ। 'राती ताल्चा फोडेर चोरी गरेको देखिएको छ। थप अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी वृत नयाँ…

मन्दिरबाट पाँच मूर्ति चोरी

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित ३ गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् । गत पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् । स्थानीय भक्तजनले २९ गते बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि मूर्ति चोरी भएको थाहा भएको हो । चोरी भएका मूर्तिमा दुर्गा, भैरव, कुमार र नारायणको छन् ।