ललितपुरको इमाडोलमा चोरी

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित भण्डारी मार्गमा चोरी भएको छ । गएराति स्थानीय सुनिता तामाङको घरबाट ३ लाख ३० हजार नगद, ल्यापटप र मोबाइल चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।जिन्सी सामानसहित ४ लाख ४७ हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीको निष्कर्ष छ । सो चोरीबारे प्रहरी प्रभाग इमाडोलले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा श्रृङ्खलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने समातिए

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट श्रृङ्खलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ४ घर भई हाल ललितपुरको इमाडोल बस्ने २८ वर्षीय भूपेन्द्र बहादुर बुढामगर रहेका छन् । विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी भएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एयरपोर्टबाट उनलाई पक्राउ गरेको हो ।  उनको साथबाट भक्तपुरको राधेराधे स्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोर