काठमाडौं । अबैध रुपमा पेट्रोलियम पदार्थ भारत निकासीमा सहयोग गर्ने श्री श्वेता आयाल सेन्टर आयाल निगमको कारबाहीमा परेको छ । अनाधिकृत रुपमा ट्याङ्करको चेम्बर र फ्यूल ट्याक्कीमा डिजेल राखी भारत निकासी गर्न सहयोग गरेको भन्दै निगमले उक्त पम्पमाथि कारबाही गरेको हो ।गत आइतबार राती श्री श्वेता आयल सेन्टर जगरनाथपुर, पर्साबाट १३६० लिटर डिजेल भरेर भारत तर्फ जाँदै गरेको ना ७ ख १५११ नम्बरको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त ट्याङ्कले अबैध रुपमा पेट्रोलियम पदार्थको चोरी निकासी गर्ने उद्देश्य