काठमाडौं, माघ ५ । संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । संसदीय सुनुवाइ विशेष समितिको सिंहदरवारमा बसेको बैठकले त्यसका लागि समिति सभापति लक्ष्मण लाल कर्णलाई प्रधानमन्त्री देउवासँग समय मिलाएर अर्काे बैठक बोलाउने जिम्मेवारी दिइएको संसदीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो […]