रमेश हमाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं, ५ फागुन । सरकारले धीतोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बोर्ड अध्यक्षका लागि अन्तिम छनोटमा परेका हमालसहित कृष्णराज पोखरेल र डा. गणेश भट्टको नाम सिफारिश भएको थियो । ती नाममध्येबाट डोटीका हमाल नियुक्त भएका हुन् । सुदूरपश्चिमका […]

सम्बन्धित सामग्री

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई सेबोनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  गत मंगलबार धितोपत्र बोर्डको अध्यक्ष छनोट तथा सिफारिस समितिले हमालसहित तीन जनाको अन्तिम नाम अर्थमन्त्रालय मार्फत मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । ति तीन जनाबाट हमालले बाजी मारेका हुन् । नवनियुक्त अध्यक्ष हमाल काँग्रेस कोटाबाट छानिएका हुन् । बैंककबाट इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्‍नातकोत्तर गरेका हमालसँग करिब ३ दशक सार

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, को - को छन् दौडमा ?

फागुन २, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । अध्यक्ष पदका लागि गठित सिफारिस समितिले सर्ट लिष्टमा परेका पाँच जनामध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गरेको हो । समितिले पहिलो नम्बरमा रमेश हमाल, दोस्रोमा डा गोपाल भट्ट र तेस्रो नम्बरमा कृष्ण पोखरेललाई सिफारिस गरेको हो । सिफारिस गरिएकामध्ये अव एक जनालाई अब मन्त्रिपरिषद बैठकले सेबोनको अध्यक्षमा नियुक्त गर्नेछ ।   सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानाको बर्खास्तीपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गरेपछि बोर्डको अध्यक्ष पदमा सरकारले नियुक्त गर्न लागेको हो ।   यो पनि हेर्नुस् : नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले दिए आवेदन, को - को छन् दौडमा ?

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन

कात्तिक २५, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि बिहीवार अन्तिम दिनसम्ममा १२ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त पदका लागि आवेदन दिनेहरूमा नीरज गिरी, डा नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जिवि चापागाईं, कृष्ण प्रसाद आचार्य, जीवन अमगाई, गोपाल भट्ट, डा केशव प्रसाद श्रेष्ठ, रमेश हमाल,अम्बिका रिमाल र हेमन्त बस्याल रहेका छन् । अध्यक्ष पदका लागि आवेदन दिने बिहीवार  अन्तिम दिन रहेको थियो।  यसअघि सरकारले सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न रहेको भन्दै तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको थियो। त्यसपछि रिक्त रहेको पदमा अर्थ मन्त्रालयले नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पोडेल, अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यका रुपमा प्राडा नारायणप्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको छ। सोही समितिले १२ जना आवेदकबाट ३ जना नाम छनौट  गरी सरकारसमक्ष सिफारिस गर्नेछ।  समितिको सिफारिसका आधारमा सरकारले तीन जनामध्ये एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति  गर्नेछ । मन्त्रालयका अनुसार  अध्यक्ष पदका लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र नायब कार्यकारी निर्देशक डा नवराज अधिकारीले पनि आवेदन दिएका छन् ।  यसरी आवेदन दिनेमा नेप्सेका पूर्वकार्यकारी अधिकृत, बैंकर, बीमा समितिका पूर्व अध्यक्ष, चार्टर्ड एकाउन्टेन्ट तथा लगानीकर्ताहरु रहेका छन् । अध्यक्षका लागि अहिले उनीहरु विभिन्न शक्तिकेन्द्रमा दौडधुपमा रहेको बुझिएको छ । यो पनि हेर्नुस् : पूँजीबजारको नियामक निकायका प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढ्यो धितोपत्र बोर्ड र नेप्सेको प्रमुखका लागि लबिइङ शुरु, को - को छन् आकांक्षी ?