सेयरबजारसँग साइनो नभएका व्यक्ति पनि सेबोनको अध्यक्षको दौडमा, १२ मध्ये कसको पल्ला भारी ?

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि एक दर्जन व्यक्तिले आवेदन दिएका छन्। आवेदन दिनेहरुमा सेयरबजारसँग कुनै साइनो नभएका व्यक्तिदेखि मिडिया मालिकसम्म रहेको पाइएको छ। कात्तिक २५ गते बिहिबार ४ बजे अन्तिम समयसम्ममा बोर्ड अध्यक्षका लागि नेपाल धितोपत्र बोर्डका बहालवाला कर्मचारी सहित १२ जना रहेका छन्। जसमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, सिताराम थपलिया, चिरन्जीवी चापागाई, डा. गोपाल भट्ट, अनिल पौडेल, कृष्ण आचार्य, डा. केशव प्रसाद श्रेष्ठ, अम्बिका लामिछाने, रमेश हमाल, डा. जीवन अमगाई, र हेमन्त बस्याल रहेका छन्। बोर्डका कार्यकारी निर्देशक निरज गिरी र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी आबेदन दिएकाहरु मध्ये धितोपत्र बोर्डसँग जोडिएर काम गरेका अनुभवी व्यक्ति हुन् भने सिताराम थपलिया यस अगाडी नेप्सेको सीईओ भईसकेका र सेयरबजारको फ्रन्ट लाइनर नियामक भएर काम गरेका व्यक्ति हुन्। गिरी र अधिकारीसँग बोर्डमा उच्च तहमा ठुलो जिम्मेवारी बोकेर कर्मचारीको रुपमा काम गरेको अनुभव भएपनि नेतृत्त्व सम्हालेर सरकारसँग सहकार्य गरेर काम गरेको अनुभवको भने कमि छ। यद्दपी निरज गिरी बोर्डमा अध्यक्ष नहुँदा बोर्डको नेतृत्त्व सम्हालेर काम भने गरेका छन् र पछिल्लो समय भिष्म ढुंगाना बर्खास्त भएपछि गिरीलाई नै बोर्डको प्रमुखको रुपमा काम गर्ने अधिकार प्राप्त भएको छ।नेप्सेका प्रमुख कार्यकारी हुँदा सिमित समुहका लागि मात्र काम गरेको आरोप खेपेपनि नेप्सेलाई अनलाइन प्रणालीमा लैजाने श्रय सिताराम थपलियाले पाएका छन्। उनको कार्यकालमा ठूला ठूला नीतिगत परिवर्तन नभएपनि नेप्सेलाई अनलाइन प्रणालीमा लैजाने कामको सुरुवात भएको थियो।त्यस्तै चिरिन्जीवी चापागाई बीमा समितिका अध्यक्षका रुपमा काम गरिसकेका बजारले 'टेष्ट' गरिसकेका व्यक्ति हुन्। माओवादी सरकारमा हुँदा कृष्ण बहादुर महरा अर्थमन्त्री हुँदा उनको सहयोगले चापागाई बीमा समितिका अध्यक्ष भएका हुन्। नेपाल राष्ट्र बैंकबाट निर्देशक तहबाट रिटायर्ड भएर माओवादी पार्टीको आशिर्वादमा बीमा समितिको अध्यक्ष हुन पाएका चापागाईले आफ्नो ४ बर्षे कार्यकालमा १० वटा नयाँ बीमा कम्पनी थप्ने बाहेक थप कुनै उल्लेख्य काम गर्न सकेनन्। संसारमै नभएको कोभिड १९ को बीमा पोलिसी संचालनमा ल्याएर बीमा कम्पनीप्रति आम सर्वसाधारणको विश्वास घट्ने काम गरेको अपजस समेत उनले बोकेका छन्। त्यस्तै डा. गोपाल भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट रिटायर्ड भएका व्यक्ति हुन् भने अनिल पौडेल सहकारी बोर्डको सहकारी विकास कोष (लगानी तथा असुली) महाशाखा तथा सञ्चार विभागमा अधिकृत भएर काम गरेका व्यक्ति हुन्। त्यस्तै कृष्णप्रसाद आचार्य कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक तथा आइक्यानका पूर्वअध्यक्ष हुन्। भट्ट, पौडेल, आचार्य प्रत्यक्ष रुपमा सेयरबजारसँग सम्बन्धित नियामकीय भूमिकामा बसेर काम गरेको अनुभव नभएका व्यक्ति हुन्। तर सेयरबजारसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा ठोक्किने निकायमा बसेर काम गरेको अनुभव उनीहरुसँग रहेको छ। त्यस्तै डा. केशव बहादुर श्रेष्ठ सेयरबजारलाई प्राथमिकतामा राखेर समाचार लेख्ने एक अनलाइन मिडियाका मालिक हुन भने उनी लेखक तथा मोटिभेटर समेत हुन्। तर उनीसँग सेयरबजारसँग सम्बन्धित कुनै पनि नियामकीय निकायको नेतृत्त्वमा रहेर काम गरेको अनुभव छैन, नत अरु कुनै नियामकीय निकायमा रहेर काम गरेको अनुभव छ। त्यसै गरी हेमन्त बस्याल सेयरबजारका प्राविधिक विश्लेषक हुन्। उनीसँग सेयरबजारका सुचिकृत कम्पनीहरुको सेयर मुल्य र बजारको प्याटर्न बारे विश्लेषण गर्न सक्ने योग्यता र क्षमता रहेपनि प्रत्यक्ष रुपमा नियामकीय नेतृत्त्वमा रहेर काम गरेको अनुभव नरहेको पाइएको छ।त्यसैगरी डा. जीवन अमगाईसँग नेपाल धितोपत्र बोर्डमा करिब ३ बर्ष अस्थायी निर्देशकको रुपमा रहेर काम गरेको अनुभव छ। धितोपत्र बोर्डमा काम गर्दागर्दै अध्यनको शिलशिलामा जापान गएका उनले जापानबाटै पीएचडी गरेका हुन्। त्यस्तै अम्बिका लामिछाने, रमेश हमाल र अनिल पौडेलसंग सेयरबजारसँग प्रत्यक्ष रुपमा जोडिएर काम गरेको अनुभवको खडेरी नै रहेको छ। यद्दपी लामिछाने पेशाले म्यानपावर व्यवसायी भएको थाहा हुन आएको छ। उनी प्रभु बैंकको पूर्वसञ्चालक समेत हुन्। उनी प्रमुख दाबेदार मानिए उनको योग्यता नपुग्ने बताईन्छ । हमाल भने गैर आवासीय नेपाली भएको चर्चा छ । कसको पल्ला भारी ?धितोपत्र बोर्ड आफैंमा नेपाल राष्ट्र बैंक जस्तो नियामक भएको सँस्था हो। यस्तो संस्थामा सामान्यतया योजना आयोगको उपाध्यक्ष, अर्थसचिव र यस क्षेत्रको विज्ञको एउटा समिति बनाएर उक्त समितिले उपयुक्त ठानेका तीन जनालाई बोर्ड अध्यक्षको लागि सिफारिस गर्ने र सिफारिस गरिएका मध्ये एक जनालाई बोर्ड अध्यक्ष बनाइनु पर्ने थियो। तर पछिल्लो समय योग्य भन्दा पनि 'लेनदेना' मा बलियो ब्रिफकेश दिन सक्ने व्यक्तिको छनौट गर्न सजिलो हुने गरी आवेदन नै आह्वान गरिएको र गठबन्धन सरकार रहेकाले यो मामिलामा जसको पल्ला बढी भारी हुन्छ, उनै धितोपत्र बोर्डको अध्यक्ष बन्ने देखिन्छ। त्यसैले धितोपत्रको क्षेत्रमा काम गरेको अनुभव भएको व्यक्तिको साट्टो धितोपत्रसँग दशौँ कोषसम्म पनि कुनै साइनो नरहेको व्यक्ति पनि बोर्ड अध्यक्ष बन्न सक्ने देखिन्छ। धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि गठित छनौट तथा सिफारिस समितिले कार्तिक ११ गते सुचना जारी गर्दै आवेदन आह्वान गरेको थियो ।अर्थ मन्त्रालयले अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि सिफारिस समिति गठन गरेको थियो । मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थसचिव मधु मरासिनी, र विज्ञ सदस्यको रुपमा प्रा.डा नारायण प्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको हो।यस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने भनिएको छ। ति मध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्ने ब्यबस्था छ । बोर्डको अध्यक्ष हुनको लागि स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनु पर्ने ब्यबस्था ऐनले गरेको छ। ऐनमा नै यस्तो व्यवस्था भएकाले बिगतमा अरु नियुक्ति जसरी ब्याचलर पास नभएकालाई नियुक्ति दिनलाई प्लस टु पास भएपनि हुने व्यवस्था गर्नलाई छुट हुने छैन। बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको लागि प्रक्रिया बढाएको हो।

सम्बन्धित सामग्री

भारी बोकेरै घरखर्चको जोहो

पिथौरागढ – बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा  भारी बोक्दै आएका छन्। उनी भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आएका छन्। पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दै आएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउँछन्। ‘नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिकै काम पाइन्छ,’ नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दै […]

‘तत्काल धेरै भारी वर्षाको सम्भावना छैन’

काठमाडौँ : तत्काललाई धेरै भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका मौसमविद् रोजन लामिछाने हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको र तत्काल भारी वर्षा वा लगातार वर्षाको सम्भावना भने नरहेको बताए। धेरै असर गर्ने खालको वर्षा तत्काल नहुने पनि उनले बताए।लामिछानेका अनुसार अबको २४ घण्टामा देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। छिटफुट भारी वर्षा पनि ह

माैसमविद् भन्छन्- चार प्रदेशमा अति भारी वर्षाकाे सम्भावना छ

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि अति भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

ढाकामा भारी वर्षा

बंगलादेशको राजधानी ढाकाका भारी वर्षा भएको छ । बुधबार भएको भारी वर्षाका कारण होचो क्षेत्रका रहेका बस्ती जलमग्न बनेका छन् । वर्षाका कारण सडक यातायात अवरुद्ध भएको त्यहाँका संचार माध्यमहरूले जनाएका...

भोजपुर कांग्रेसलाई भारी बोक्न मात्र लगाईंदै बोक्लान् त कार्यकर्ताले भारी ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रबाट भोजपुर कांग्रेसलाई भारी बोक्न मात्र लगाईंदै आएको छ । झन्डै एमालेकै हाराहारीमा मत रहेको भोजपुर कांग्रेस कहिले कुन पार्टीको त कहिले कुन पार्टीको भारी बोक्न मात्र बाध्य छ । कांग्रेसको जनधार राम्रो भएको प्रदेशसभा क्षेत्र नम्बर (क)मा अघिल्लो पटक जसपालाई बोकेको कांग्रेसले यसपटक नेकपा एकीकृत समाजवादी (एस)को भारी बोक्नु पर्ने […]

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – आज पनि देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको […]

खुट्टा जखमी छ तर बोक्नु छ भारी

२३ वैशाख, काठमाडौं । लालबहादुर खत्रीको खुट्टा जखमी छ । तर उनको पेशा भारी बोक्ने हो । अनलाइनखबरले सुरु गरेको किनाराका बस्ती अन्तर्गतको दोस्रो श्रृङ्खलामा हामी तपाईंलाई भारी बोकेर जीविका चलाउने मजदुरहरुको बस्तीमा लैजाँदैछौं । मजदुर बस्तीका मजबुरीका कहानी यिनै लालबहादुरकै डेराबाट सुरु गरौं। ४५ वर्षका लालबहादुर खत्री दोलखाबाट काठमाडौं छिरेदेखिको दैनिकी भारी बोक्ने नै […]

वर्षकै भारी वर्षा

दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिए अनुसार सरदरकै आसपासमा वर्षा भएको थियो । तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम  विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ । शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापन केन्द्रमा अति भारी वर्षा  भएको देखिएको छ । अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु,सिन्धुली,चितवन  र धन

अझै तीन दिन भारी बर्षा

अझै ३ दिनसम्म मुलुकका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ । माौसम पूर्वानुमान माहाशाखालेसोमबार रातिसम्म नै भारी वर्षा हुने बताएको छ ।भारी वर्षा भए पनि तत्काल बाढीको खतरा नभएको बाढी पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार आईतबार दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ […]

भारी वर्षा शनिबारसम्मै कायम रहने

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ । मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]