होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा चौथो ‘बुटवल सडक खाना महोत्सव’ २०७९ सुरु भएको छ । ‘अतिथि देवो भव, नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवर्द्धन र रोजगारीको सिजना हाम्रो अभियान’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो ।सडक खाना महोत्सवले बुटवलको कालिका पथ सजिएर मनमोहक बनेको छ । महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुग्न