६ लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न एक पक्राउ

पर्सा- प्रहरीले वीरगञ्जबाट ६ लाख रूपैयाँसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज -१ बस्ने ६० वर्षीय स्वामीनाथप्रसाद साहलाई हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बिहान साढे ९ बजे प्रहरी चौकी ईनर्वा पर्साको टोलीले वीरगञ्ज-१६ शंकराचार्य गेटमा खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ना.८ प […]

सम्बन्धित सामग्री

हुण्डी कारोबारमा संलग्न आरोपमा दुईजना पक्राउ

हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा पोखरिया नगरपालिका–१ बनकटवा बस्ने वर्ष ३४ का हरिकिशोर पटेल र बारा जिल्ला महागढीमाई नगरपालिका–१ बस्ने ४२ वर्षका रमेशप्रसाद कुसवाहा छन् । विशेष सूचनाका आधारमा भारतबाट स्रोत नखुलेको रु १३ लाख ५० हजार नेपाली लिएर आइरहेको सूचना …

हुण्डी कारोबारमा संलग्न पाँचजना पक्राउ

बारा– बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई एक्काईस लाखसहित पक्राउ गरेको छ । प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले कलैया उपमहानगरपालिका ६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा रंजित सर्राफले लुकाएर ल्याउँदै गरेको अवस्थामा गत […]

झन्डै २० लाख नगदसहित हुण्डी कारोबारमा संलग्न एक ब्यक्ति पक्राउ

मोरङ- विराटनगरमा हुण्डी कारोबारमा संलग्न एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगर- ६ को केशलिया मार्गमा ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई स्रोत नखुलेको हुण्डी रकम १९ लाख ९० हजार रुपैयाँसहित बुधबार बेलुका पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालले केशलिया मार्गमा संका लागेर जाँच […]

हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं– काठमाडौं बिशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत नयाँदिल्ली ठेगाना भई काठमाडौं ठमेल बस्ने ५० वर्षीय कमल कान्त कुल्थिया, सप्तरी राजविराज ठेगाना भई काठमाडौं नक्साल बस्ने ६७ वर्षीय निर्मल कुमार अग्रवाल र भारत राजस्थान ठेगाना […]

नरदेविबाट हुण्डी कारोबारमा संलग्न तीनजना पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा भारतका राजु अग्रवाल, सिन्धुपाल्चोकका रामहरी दुलाल, रौटहट चन्द्रपुरका सुदीप आचार्य रहेका छन । प्रहरीले उनीहरुलाई काठमाडौंको नरदेविबाट श्रोत नखुलेको ७४ लाख रुपैयाँसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको २६ […]

हुण्डी कारोबारमा संलग्न डेढ करोड रकम सहित पक्राउ

काठमाडौं, २४ फागुन । हुण्डी कारोबारमा संलग्न २ जना डेढ करोड रकम सहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न २ जनालाई डेढ करोड रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१९ टङ्केश्वरी ठेगाना भई कीर्तिपुर नगरपालिका–३ बस्ने २४ वर्षीय बिक्की खड्गी र काठमाडौं महानगरपालिका– १३ ताहचल […]

हुण्डी कारोबारमा संलग्न दुई जना डेढ करोडसहित पक्राउ

काठमाडौँ– काठमाडौँमा हुण्डी कारोबारामा संलग्न दुई जना डेढ करोडभन्दा बढी रुपैयाँसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बंगालका अमितकुमार अग्रवाल र काठमाडौँ कीर्तिपुर–३ का बिक्की खड्गी रहेका छन् । अग्रवालले ताहाचलमा बिमला इन्टरनेशनल प्रा.लि. सञ्चालन गरी नक्क्ली गरगहनाको होलसेल गर्दै आएका छन् । अग्रवाललाई राजस्व छली गैरकानुनी रूपमा हुण्डीमार्फत् वित्तीय कारोबार गर्दै आएको […]

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

काठमाडौं, १६ भदौ । अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद ३० लाख ७ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका ३ घर भई सोही बजारको स्टल […]

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ, ५३ लाख ८० हजार रुपैयाँ बरामद

पर्सा। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–६ बस्ने शिव आनन्द गुप्ता र पर्सा वीरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने प्रकाश जैसवाल रहेका छन्। उनीहरुको साथबाट नगद ५३ लाख ८० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप

हुण्डी कारोबारमा संलग्न तीन भारतीयसहित चार जना साढे ८२ लाखसहित पक्राउ

पर्सा। अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको आरोपमा ८२ लाख ५० हजार रुपैयाँ सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत विहार मोतिहारी रक्सौलका विकासकुमार, गुड्डुकुमार र १८ वर्षीय किशोर छन्। यस्तै एक जना नेपालीमा बारा महागढी नगरपालिका-४ ठेगाना भएका १८ वर्षीय किशोर छन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ।