नेपालगञ्जमा आजदेखि एक हप्ता लकडाउन

काठमाण्डाै – बाँकेको नेपालगञ्जमा आज मध्यरातिदेखि लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जमा आज मध्यरातदेखि १५ गतेसम्म लकडाउन हुने भएको हो । लकडाउनको समयमा अत्यावश्यक गाडीबाहेक बैंक तथा वित्तीय संस्थासहित सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यलय बाँकेले सूचना निकालेर जानकारी गराएको छ । आज बिहानसम्म सक्रिय संक्रमित ७ सय ३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको ...

सम्बन्धित सामग्री

आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित

१२ असार, काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ । हिस्टुनका महासचिव शंकर तिवारीले भने, ‘हामीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा […]

आजदेखि एक हप्ता काठमाडौँको फोहोर नउठ्ने

काठमाडाैँ- काठमाडौँबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ। नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो। योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ। बाटो मर्मतकै कारण यसअघि […]

आजदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने

काठमाडौं, ५ साउन । काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो । योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको […]

एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने, घरमै राख्न आग्रह

काठमाण्डाै - अबको एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने झण्डै दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले अबको एक हप्ता फोहर व्यवस्थापनको काम नहुने भएको हो । सहरी विकास मन्त्रालयले फोहरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाण्डौ महानगरलाई केही दिन फोहरको गाडी नपठाउन आग्रह गरेको थियो । आजदेखि काठमाण्डौ उपत्यकाको १८ वटा पालिकाको फोहर व्यवस्थापनको काम रोकिने काठमाण्डौ महानगर वाता...

आजदेखि एक हप्ता काठमाडौँको फोहोर नउठ्ने

काठमाडौँ – काठमाडौँबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो । योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ । […]

काठमाडौँ उपत्यकाको फोहोर उठ्न कम्तिमा एक हप्ता लाग्ने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले १८ दिनदेखि रोकिएको सबै फोहोर उठ्नका लागि कम्तीमा पनि एक हप्ता लाग्ने जनाएको छ। कामपासहित काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा विगत १८ दिनदेखि रोकिएको फोहोर आजदेखि व्यस्थापन गर्न थालिएको भए पनि मौसमले साथ दिए सबै फोहोर उठ्न करिब एक हप्ता लाग्ने बताइएको छ। मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँ प्रमुख जिल्ला […]

आजदेखि उपत्यकामा ‘स्मार्ट लकडाउन’

काठमाडौं, असार ८ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आजबाट केहि खुकुलो सुरु भएको छ । पछिल्लो पटक सरकारले थपेको निषेधाज्ञा सोमबार रातीदेखि सकिएसंग आजदेखि एक हप्ता स्मार्ट लकडाउन सुरु भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रमुख, सीडीओहरूको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै आजबाट एक हप्ता उपत्यकामा स्मार्ट लकडाउन सुरु गरेका हुन् […]

काठमाण्डौकाे चन्द्रागिरि नगरपालिका आजदेखि एक हप्ता सिल

काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा आजदेखि एक हप्ताका लागि सिल गरिएको छ । कोरोना सङक्रमितको संख्या बढ्दै गएको भन्दै नगरपालिकाले आजदेखि एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको हो । नगरपालिकाका मेयर घनश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगरपालिका पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो । नगरपालिकामा सिल भएसँगै घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाउनुका साथै औषधि पसल र स्वास्थ्य संस्थाका सेवाबाहेक अरु सेवा र पसल पूर्णरुपमा बन्द रहने नगरप्रमुख गिरी...

आजदेखि कोहलपुरमा एक हप्ता ‘लकडाउन’

बाँके, बैशाख १२ । कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेको कोहलपुर नगरपालिकालाई पनि लकडाउन गरिने भएको छ । गत संक्रमण समुदाय स्तरसम्म फैलिएपछि नेपालगन्जमा बैशाख ९ देखि १५ गतेसम्मका लागि लकडाउन जारी छ । कोहलपुर नगरपालिका स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको शनिबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । निर्णयपछि कोहललपुर नगरपालिकामा आइतबार […]

नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

काठमाडौं । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दिनुभयो । उहाँले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताउनुभयो । गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिनुभयो । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ । वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरुले धैर्यधारण गरी लेन अनुशासन पालना गरी ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालन गर्न भनिएको छ ।