कटानले पुल जोखिममा परेपछि तटबन्ध बनाउन दैनिक डेढ सय स्थानीय जुटे

पुल जोगाउन कैलालीको भजनी नगरपालिका ४ र ९ का बासिन्दा जैविक तटबन्ध निर्माणमा जुटेका छन् । गत साताबाट जैविक तटबन्ध निर्माण गर्न यी दुई वडाका डेढ सय स्थानीयले दैनिक श्रमदान गरिरहेका...

सम्बन्धित सामग्री

श्रमदानबाट जैविक तटबन्ध बनाएपछि नदी कटान नियन्त्रणमा

स्थानीयले श्रमदान गरेर निर्माण गरिएको जैविक तटबन्धले नदी कटान नियन्त्रण भएको छ । कान्द्रा नदीको कटानले भजनी नगरपालिका– ४ र ९ जोड्ने झोलुङे पुल जोखिममा परेपछि यी दुवै वडाका स्थानीयको श्रमदानबाट...

नदी कटानका कारण दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा

कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर–४ दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा परेको छ। उक्त पुल अविरल वर्षा र नदी कटानका कारण जोखिममा परेको हो। गत वर्ष एम आर ई डी परियोजनाद्वारा निर्माण गरिएको जैविक तटबन्ध एक चोटीको बाढीले नै भत्काई दिएको छ। नदीले कटान गर्दै आइरहेकोले यसको विकल्प स्थानीय सरकारले नसोचे यो पुल भत्किने स्थानीयहरुले […]

बाढीले कैलाली–बर्दिया जोड्ने सत्ति पुल जोखिममा

धनगढी । अविरल वर्षापछि आएको बाढीका कारण कैलाली र बर्दिया जोड्ने सत्ति पुल जोखिममा परेको छ । कर्णाली नदीमा आएको बाढीले हुलाकी सडकखण्डअन्तर्गतको सत्ति पुल जोखिममा परेको छ । उक्त पुलले बर्दियाको राजापुर नगरपालिका र कैलालीको टीकापुर नगरपालिकालाई जोडेको छ । पुलनजिक बनाइएको कर्णाली नदीको तटबन्ध पनि भत्कने अवस्थामा पुगेको जनाइएको...

कर्णाली सत्तीघाट पुल जोखिममा

केशव कोइराला बर्दिया । २०७२ असारमा निर्माणसम्पन्न भएको पुलको निर्माण कालिका/शर्मा रसुवा जेभी कन्ट्रक्सनले ठेक्का जिम्मा लिएको थियो । निर्माण कार्य सकिए लगत्तै पुल सञ्चालनमा आएपछि पानीको एकतर्फी वहाव बढेपछि पुलको पूर्वी भागतर्फको तटबन्ध भासिएको छ । पुल भासिँदै गएपछि ओहोरदोहोर गर्नसमेत समस्या देखिएको छ । विभिन्न समयमा सरोकारवाला निकायले अनुगमन गरेपनि एकस्पान थप गर्ने […]

कर्णाली नदीको कटानले तटीय क्षेत्रमा त्रास

कैलाली । कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले वर्षेनि सयौं बिघा जमीन कटान गर्दछ । बर्खा लाग्न शुरू भएपछि यस क्षेत्रका बासिन्दा नदी कटान तथा डुबानको चिन्तामा हुन्छन् । यस वर्ष पनि तीव्र नदी कटानपछि कैलालीको टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक त्रसित छन् । नदीमा पानीको बहाव बढ्न थालेपछि जमीन कटान तीव्र हुँदा बस्ती नै जोखिममा पर्ने गर्दछ । कर्णाली नदीको कटानले टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनक्षेत्रमा २० बिघा जमीन कटान गरेको छ । नदीले वर्षेनि सामुदायिक वनको जमीन कटान गर्दै आएको छ । नदी कटान नियन्त्रणका लागि वनको उत्तरपूर्वी भागमा तटबन्ध निर्माणको काम भइरहेको छ । तटबन्ध निर्माण भइरहेकै क्षेत्रमा नदीले कटान तीव्र पारेको छ । ‘सामुदायिक वनको २० बिघा बढी जमीन कटान भइसकेको छ । यतिखेर नदीले कटान झन तीव्र पारेको छ,’ वन समितिका अध्यक्ष धनसिंह साउदले भने, ‘जंगल तहसनहस भइसकेको छ । कर्णाली नदीमा तटबन्ध शुरू भएको ६ वर्ष भइसक्यो, अहिलेसम्म सकिएको छैन ।’ अध्यक्ष साउद वर्षेनि तटबन्धका नाममा हुने उत्खननको काम सम्पन्न नगर्दा नदीले धार परिवर्तन गर्दै वन तहसनहस गर्न थालेको बताउँछन् । ‘तटबन्ध निर्माण कार्यमा दैनिक पाँच÷छ जनामात्र कामदार काममा खटेका छन्,’ उनले भने, ‘काम धमाधम गरे पो सकिन्थ्यो । तटबन्ध निर्माण कार्यले झन् कटान बढाएको छ । जंगलको एउटा प्लट पूरै कटान भइसकेको छ ।’ तटबन्ध निर्माणका नाममा भइरहेको ढुंगा उत्खननले नदी कटान तीव्र पार्दा झन् जोखिम बढेको आरोप उनले लगाए । सामुदायिक वन क्षेत्रमा तटबन्ध कार्यको ठेक्का सिद्धि साइ कन्स्ट्रसनले लिएको छ । टीकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला वन क्षेत्रमात्र नभई नगरपालिकाको दौलतपुर, श्रीलंका, धनसिंहपुर क्षेत्र, सत्ती पुलसमेत जोखिममा रहेको बताउँछन् । ‘श्रीलंका बस्ती वर्षेनि दर्जनौं बिघा कटान हुँदै आएको छ । यस वर्ष त अझ हिउँदमा पनि कटान भएको छ । त्यहाँ नदीमा पानीको बहाव घट्दा बढी कटान भएको छ,’ वडाध्यक्ष ठकुल्लाले भने, ‘यस वर्ष बर्दियातर्फ तटबन्धको काम शुरू भएको थियो । बर्खा लागेपछि त्यो काम पनि शुरू हुन सकेको छैन । यस वर्ष वर्षात्मा थप जोखिम बढ्ने देखिएको छ ।’      कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदी नियन्त्रणका लागि दर्जनभन्दा बढी ठाउँमा तटबन्ध निर्माणको काम गरिरहेको छ । निर्माण भइरहेका तटबन्ध ठेकेदार कम्पनीले समयमै सम्पन्न नगर्दा थप जोखिम बढेको वडाध्यक्ष ठकुल्लाको भनाइ छ । सात वर्षअघि कैलाली र बर्दिया जोड्न कर्णाली नदीमा निर्माण भएको सत्ती पुलसमेत नदी कटानका कारण जोखिममा छ । पुलको बर्दियातर्फ कटान तीव्र भएपछि पुल जोखिममा परेको हो । रासस