नदी कटानका कारण दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा

कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर–४ दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा परेको छ। उक्त पुल अविरल वर्षा र नदी कटानका कारण जोखिममा परेको हो। गत वर्ष एम आर ई डी परियोजनाद्वारा निर्माण गरिएको जैविक तटबन्ध एक चोटीको बाढीले नै भत्काई दिएको छ। नदीले कटान गर्दै आइरहेकोले यसको विकल्प स्थानीय सरकारले नसोचे यो पुल भत्किने स्थानीयहरुले […]

सम्बन्धित सामग्री

पृथ्वी राजमार्गका पुल जोखिममा

काठमाडौं, वैशाख २२ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेशखोला पुलको मुख (सडक र पुल जोडिएको ठाउँ)मा सोमबार जमिन भासियो। भासिएको ठाउँमा ग्याबिन जाली लगाएर १८ घण्टापछि मङ्गलबार दिउँसोदेखि एकतर्फी रूपमा यातायात सञ्चालन गरियो। बुधबार फेरि सो पुलको बीच (स्ल्याब)मा नै भ्वाङ परेर यातायात अवरुद्ध भयो। गणेशखोलाको पुलजस्तै सो राजमार्गको नागढुङ्गादेखि मुग्लिनसम्मका अधिकांश पुल त्यस्तै जोखिमयुक्त […]

दश प्रमुख पुल जोखिममा

नेपालका प्रमुख राजमार्ग र सहायक मार्गका १० ठूला पुल जोखिममा भएको सडक विभागले बताएको छ । पृथ्वी राजमार्गका मुग्लिन र आँबुखेरैनी, सिद्धार्थ राजमार्गको राम्दी, महेन्द्र राजमार्गको अरुण खोला र झरहीलगायतका पुलको अवस्था नाजुक रहेको सडक विभागका सिनियर डिभिजन इन्जिनीयर राजेन्द्रराज भण्डारीले बताए । लामो साँघु–जिरी मार्गका तामाकोशी र सुनकोशीका पुलहरू, तनहुँको विमलनगरको मस्र्याङ्दी पुल जोखिममा छन् । मेची राजमार्गअन्तर्गतको माइखोला पुलको भने सडक विभागको मर्मत शुरू गरेको शर्माले बताए । जोखिममा भएका पुल फलामका छन् । नवलपरासीको झरहीको पुल खतरापूर्ण भएको कंक्रिट पुन हो । कंक्रिटका पुलहरू फलामको भन्दा बलिया छन् । ती पुलका आयु पनि लामो छ । त्यसैले अहिलेको सडक विभागको प्राथमिकता पनि फलामे पुलहरूको मर्मत भएको शर्माले भने । यो आर्थिक वर्षका लागि सरकारले विभागलाई पुल मर्मतका लागि ३२ करोड रुपैयाँ छुट्याउने वचन दिएको उनले बताए ।            वर्ष ६, अंक ३०, बिहीवार, २१ असोज २०६७

कैलाली र कञ्चनपुर जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो ।मजगाइका स्थानीय रामु कुश्मीका अनुसार केही साताअघि आएको बाढीले जोखिममा परेको पुल पुनः निरन्तरको वर्षापछि आएको बाढीले बग्ने अवस्थामा पुगेको हो ।निरन्तरको कटानले पुलको पिलर र नदीको धारबीचको दुरी डेढ मिटरमात्र रहेको बताउँदै उनले समयमा पुल जोगाउन नसकिए आवातजावत नै

बेमौसमी वर्षासँंगै आएको बाढीले बझाङका पक्की पुल जोखिममा

सेती नदी तथा अन्य खोलामा आएको बाढीले बझाङ जिल्ला सदरमुकाम चैनपुर जोडने जयपृथ्वी राजमार्गका पक्की पुल जोखिममा परेका छन् ।कतिपय ठाँउमा बाढीले कटान गरेर जोखिममा पारेको छ भने कतिपय ठाँउमा पुलनै पुरिने अवस्था आएको छ । मुख्य राजमार्ग जोडने सेती नदीमाथि बनेका र अन्य खोलामा निर्माण भइसकेका र निमार्णाधीन पुलहरू जोखिममा छन् । जयपृथ्वी राजमार्ग […]

बालुवा उत्खनन्ले मनाङ–मुस्ताङ जोड्ने पक्की पुल जोखिममा

अवैध रूपमा बालुवा उत्खनन् गर्दा जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्ने पक्की पुल जोखिममा परेको छ । दर्जनौं स्थानीयले दैनिक पुल आसपासको क्षेत्रमा धमाधम बालुवा उत्खनन् गर्न थालेपछि पुल जोखिममा परेको हो । साउन–भदौमा पानी बढेर नदी कटान गर्ने त छँदै छ । त्यसैमाथि स्थानीयले दैनिक बालुवा उत्खनन् गर्दा पुल जोखिममा परेको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर […]

बाढीले हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

सिन्धुपाल्चोक।मेलम्चीमा आएको बाढीले ६० घर टहरा बगाएको छ।हेलम्बुका किउल,चनौटे,ग्याल्थुमलगायत क्षेत्रमा ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको प्रहरीले जनाएको छ।गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो।ती घर खाली थिए।चनौटे,ग्याल्थुम र ढुङ्गे्र बजार जोखिममा छन्।बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने बाहुनेपाटी पुल जोखिममा परेको छ।

सत्तीघाट पुल जोखिममा

जिल्लाको राजापुर हुँदै कैलाली जोड्ने कर्णाली नदीमा निर्मित सत्तीघाट पुल जोखिममा परेको छ । नदी कटान रोक्न निर्माण गरिएको ग्याभिन पानीको वहाव बढ्दै गएपछि बग्न थालेपछि पुल जोखिममा परेको हो ।

मर्स्याङ्दी नदीले दुई घर बगायो, जिल्लाकै सबैभन्दा ठूलो पुल जोखिममा

काठमाण्डाै – मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको पिसाङ गाउँका दुई घर बगाएको छ । जिल्लाकै सबैभन्दा ठूलो पुल जोखिममा परेको छ । मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ तथा माथिल्लो मनाङ जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल जोखिममा परेको त्यहाँका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार मर्स्याङ्दी नदीमा पानीको बहाव झन् झन् बढ्दै गएको छ भने नदीले कटान क्षेत्र पनि बढाउँदै लगेको छ । बाढीले कयौँ खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ । पहिरोले थुनिएको मर्स्याङ्दी नदी अहिले खुलेको छ ।...

कालीगण्डकी दोहनले मालढुङ्गाको पुल जोखिममा

–खेमराज गौतम गलकोट, ३ असार : बागलुङ र पर्वत जिल्ला जोड्ने गरी पहिलोपटक निर्माण गरिएको मालढुङ्गाको मोटरेवल पुल नदी दोहनको चपेटामा परेको छ । पुलको पर्वत खण्डको मुख्य पिल्लरमा नदीको बहावबाट क्षति भए पछि सडक डिभिजन कार्यालयले मर्मत थालेको छ । निरन्तर रुपमा प्रहरी प्रशासनको आँखै अगाडि दोहन भइरहेको कालीगण्डकी नदीको अहिले धारै समेत परिवर्तन […]

सेती नदीमा पानीको बहाब बढेपछि पुल जोखिममा

७ जेठ, बझाङ । सदरमुकाम चैनपुरको सेती नदीमा बनेको मोटर गुड्ने क्रस पुल छेउको पर्खाल भासिएको छ । पर्खाल भासिएसँगै क्रस मोटर पुल जोखिममा रहेको छ । बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण सेती नदीमा पानीको बहाब बढेको र नदीले कटान शुरु गर्दा पर्खाल भासिएको हो । नदीमा पानीको बहाब बढेसँगै खोला छेउमा रहेको ग्याबिन […]