झुटो नाता कायम गर्ने वडाध्यक्ष र सचिव पक्राउ - Naya Patrika
झुटो नाता कायम गरी नागरिकताका लागि सिफारिस गर्ने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १ का वडाध्यक्ष सानुकान्छा श्रेष्ठ र सचिव राजबहादुर श्रेष्ठ पक्राउ परेका छन् । उनीहरूसँगै आमा बनेकी पार्वती थापालाई पनि...पूरा पढ्नुहोस् »
२७ फागुन, वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष नन्दकिशोर चौधरीलाई डिभिजन वन कार्यालयको टोलीले आज पक्राउ गरेको हो । वन डिभिजन कार्यालय बाराका वन अधिकृत विनोदकुमार सिंहलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले […]
संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष पक्राउ परेका छन्। कीर्ते गरेर जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको लालध्वज सुवेदीले जानकारी दिए।जग्गा जालसाजी गरेको आरोपमा प्रहरीले अन्य ६ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ परेका वडाध्यक्ष भोटेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्यको भने नाम खुलाइएको छैन। भोटेसहित ७ जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ।भोटे एमालेबाट
५ माघ, दाङ । बाँकेको बैजनाथ गाउँपालिका-३ का अध्यक्ष रामचरण थारु ब्राउनसुगरसहित पक्राउ परेका छन् । वडाध्यक्ष थारु अन्य तीनजनासँग बसेर सेवन गरिरहेका अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन्ऽ घिमिरेले जानकारी दिए । उनको साथबाट ३१० मिलीग्राम ब्राउनसुगरसमेत बरामद भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष थारुले ब्राउनसुगर सेवनकर्ता हुन् भन्ने सूचनाका आधारमा […]
वीरगञ्ज- सेवाग्राहीको काम गरिदिएबापत घूस मागेको रकमसहित महोत्तरीको मटिहानी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूससहित मटिहानी नगरपालिका-५ का वडाध्यक्ष रामबहादुर महतोलाई पक्राउ गरेको हो। जन्म दर्ताको सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घूस माग गरेको सूचना एवं उजुरीको आधारमा बर्दिबासमा रहेको अख्तियारको कार्यालयबाट खटिएको टोलीले वडाध्यक्ष महतोसहित वडाका सहायक कम्प्युटर अपरेटर अव्दुल […]
कैलालीको कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जना हतियारसहित पक्राउ परेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मसुरियामा प्रहरी चेकजाँचका क्रममा सोमबार राति करिव १२ बजेतिर इजाजत विनाको हतियारसहित उनीहरुलाई पक्राउ गरिएको...
झापा। विदेशीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोपपछि फरार रहेका विर्तामोड नगरपालिका-८ का वडाध्यक्ष अजय कार्की सोमबार पक्राउ परेकै दिन धरौटीमा छुटेका छन्। दुई वर्षअघि गैरनेपालीलाई नागरिकता दिलाउन अनुसूची फाराममा हस्ताक्षरसहित सिफारिस गरेको आरोपमा वडाध्यक्ष कार्कीविरुद्ध मुद्दा दर्ता भएको थियो। अदालतबाट पक्राउ पूर्जी जारी भएपछि लामो अवधिदेखि फरार रहेका कार्कीलाई सोमबार पक्राउ परेका थिए। (रासस)
युवती बलात्कारको अभियोगमा प्रहरीले मन्थली नगरपालिका– १० का वडाध्यक्ष भरत बोहरालाई पक्राउ गरेको छ । वडाध्यक्ष बोहराले भक्तपुरको ठिमीमा एक युवतीलाई ललाइफकाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा रामेछाप प्रहरीले उनलाई पक्राउ गरेको...
बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो
बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो । पुनलाई आज अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उहाँविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । विसं २०७६ कात्तिक १२ गते खुंगामा