वीरगञ्ज- सेवाग्राहीको काम गरिदिएबापत घूस मागेको रकमसहित महोत्तरीको मटिहानी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूससहित मटिहानी नगरपालिका-५ का वडाध्यक्ष रामबहादुर महतोलाई पक्राउ गरेको हो। जन्म दर्ताको सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घूस माग गरेको सूचना एवं उजुरीको आधारमा बर्दिबासमा रहेको अख्तियारको कार्यालयबाट खटिएको टोलीले वडाध्यक्ष महतोसहित वडाका सहायक कम्प्युटर अपरेटर अव्दुल […]