अमेरिकाले राजनीतिक संकटमा फसेको म्यानमारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ । सेनाले सत्ता हातमा लिएपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमती दिएको अन्तराष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएकोले मानवीय रक्षाका लागि अमेरिका बस्न अस्थायी अनुमति दिन लागेको अमेरिकाका गृहमन्त्री अलेजान्द्रो मायोर्कासले बताउनुभएको छ । यसरी बस्नेहरुलाई काम गर्ने अनुमति पनि दिइनेछ ।आन्दोलन र अशान्तिका कारण कसै...