आज पनि नाइट ड्युटीको सिफ्ट सुरु हुनु १०-१५ मिनेट पहिले नै आइपुगें, इमर्जेन्सीमा साथीलाई पालो दिन। साथी मलाई देखेर फिस्स हाँस्छन्। मनमनमा भने गद्गद होलान् आफ्नो पालो सकिएकोमा। खुलेर हाँस्न भने सकेनन्, सायद पिपिईको बोझले सिथिल शरीरमा जाँगर पनि त मर्यो होला नि।