सुर्खेत : कर्णाली प्रदेशमा अपाङ्गता भएका सात हजारभन्दा बढी बालबालिकालाई पुनर्स्थापना सेवा आवश्यक रहेको पाइएको छ।अपाङ्गताका क्षेत्रमा कार्यरत विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका अनुसार प्रदेशभर त्यस्तो सेवा चाहिने बालबालिकाको संख्या सात हजार आठ सय ४२ रहेको छ।केन्द्रका संयोजक नित्रबहादुर देउजाले पछिल्लो जनगणनाले कर्णालीमा आठ हजार तीन सय सात जना शारीरिक अपाङ्गता भएका बालबालिका रहेको देखिएको बताए। त्यसमध्ये एक हजार आठ सय ७७ जना बालबालिका उपचाररत छन् भने चार सय ६५ जनाले