भारतीय ठेकेदार भागेपछि चरिकोट–मुडे सडक विस्तार अलपत्र

दोलखालाई राजधानीसँग जोड्ने दोलखाको ‘लाइफलाइन’ मुडे–चरिकोट सडकको ठेकेदार भागेपछि अलपत्र परेको छ । विगतदेखि नै सुस्त रूपमा काम गरिरहेको सडकमा २ महिना यता ठेकेदार नै बेपत्ता भएपछि सडक विस्तार आयोजना ठेक्का तोड्ने निस्कर्षमा पुगेको छ ।खाडीचौर–चरिकोट–जिरी सडक विस्तार आयोजनाको दोस्रो प्याकेजको मुडे चरिकोट खण्डको सकिल हेदर–शंकरमाली–सुनौला खिम्ति जेभीले ३० किलोमिटर सडकको जिम्मा पाएको थियो । […]