महोत्तरी - सर्लाहीमा दाइजोमा ग्यास सिलिन्डर र चुल्हो नल्याएको भन्दै महिलालाई यातना दिने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही हरिपूर्वा नगरपालिका-२ का पीडितका पति जोगनारायण साह र ससुरा अनुपा साह रहेका छन् । गएको वैशाख १३ गते विवाह गरी सर्लाही आएकी महोत्तरीको सम्सी गाउँपालिका–६ की २१ वर्षकी अमृता साहले थप दाइजो नल्याएको भन्दै यातना दिएको उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनीहरुको जातीय परम्पराअनुसार विवाह भएको थियो । विव...