नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन खराब मात्र नभएर देशद्रोही भएको आरोप लगाउनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो आरोप लगाउनुभएको हो । अध्यक्ष ओलीले देशद्रोही हुनुको कारण बताउँदै भन्नुभयो ‘गठबन्धन ! कस्तो नराम्रो । यो देशद्रोही गठबन्धन । एमसीसीलाई चिठी लेख्छ, लेखेको छैन …