काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर राजनीतिक निकास नदिएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सरकार काम चलाउन रे? कसरी हुन्छ? समर्थन आफू गर्ने? समर्थन फिर्ता लिन नसक्ने? अर्को पार्टीसँग मिलेर सरकार बनाएर एजेण्डा ल्याउन नसक्ने? कसरी कामचलाउ भयो? त्यस्तो लाग्छ भने समर्थन फिर्ता लिनुहोस् त्यसपछि एउटा लयमा जान्छ। राजनीतिको मैदान खुल्ला छ।’उनले जनताको बीचमा जान सबैलाई स्वतन्त्र र जनताको बीचमा जान प्रति