प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा उनले राजीनामा माग्दैमा आफूले नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिइदिन भनेको तर त्यसो नभएकाले राजीनामा नदिएको बताए । ‘आज मागेको हो र राजीनामा ? माग्यामाग्यै छ त, मागेपिच्छे म कसरी दिन सक्छु? एक दिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एक दिन माग्दैन, दुई दिन माग्दै न । माग्यामाग्यै छ,’ उनले भने, ‘ए बाबा हट...