नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयअन्तर्गतको दूरसञ्चार कार्यालय, गेटा कैलालीबाट एक करोड ६ लाख मूल्यको तामाजन्य (स्क्रप कपर केबल) कवाड सामग्रीमा राजस्व छली भएको पाइएको छ । टेलिकमका कर्मचारी, ठेकेदार कम्पनी र केही प्रहरी अधिकृतको मिलेमतोमा निकासी हुँदै गरेको अनुमान गरिएको उक्त सामग्री कैलालीका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नेपाल प्रहरी र सशस्त्रको टोलीले नियन्त्रणमा लिएपछि एकपछि अर्को गर्दै रहस्य खुल्दै गएका छन् ।