आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनमा देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । आज बिहान बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा चट्याङसहित  मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै राती बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना  छ।भारी वर्षाको सम्भावना रहेका प

सम्बन्धित सामग्री

मेघगर्जनसहित भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने बताइएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका […]

मौसमको नयाँ प्रणाली भित्रियो, प्रदेश-१ र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौं : नेपालको पूर्वीभेगबाट मौसमको नयाँ प्रणाली प्रवेश गरेको छ। जसले गर्दा आज प्रदेश नम्बर १ मा भारी वर्षा हुने सम्भावना रहेको मौसमविदहरुको भनाइ छ।आज राति प्रदेश एक सँगै बागमती प्रदेशमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। यो प्रणाली आजै हटेर जाने भएकाले अरू प्रदेशमा आंशिक देख सामान्य बदली हुँदा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि मंगलबार लुम्बिनी प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बुधबार भने बागमती प्रद

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौं : पश्चिम नेपालको गण्डकी र सुदूरपश्चिम क्षेत्रमा  आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।बुधबारराति १२ बजेदेखि कास्कीका विभिन्न स्थानमा भारी वर्षा भई रहेको छ। कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाको तथ्याङ्क छ।विहीबार दिउँसो  देशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्

आज धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशका धेरै स्थानमा बुधबार भारी वर्षाको सम्भावना छ।जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।लुम्बिनी प्रदेशका एक दुई स्थानमा बिहानैदेखि चट्याङसहित भारी वर्षा भइरहेको छ।राति पनि देशभर पूर्ण बदली रही यी प्रदेश भारी वर्षा हुने अनुमान छ।  महाशाखाले नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।हाल मनसुनको न्यूनचापीय रेखा नेपालक

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – आज पनि देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको […]

आज यी चार प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। भारी वर्षा हुने पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हाल देशको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली भइरहेको छ।

आज यी पाँच प्रदेशमा छ चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।प्रदेश–१, प्रदेश–२, बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।भारी वर्षा हुने प्रदेशका पहाडी भू–भागमा भू–क्षय,पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तीन दिन भारी वर्षाको सम्भावना

जिल्ला प्रशासन कार्यालय तनहुँले तीन दिन भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन अपिल गरेको छ । प्रशासनले बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । आज सूचना जारी गर्दै प्रशासनले नदी तथा खोला छेउछाउ नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज प्रकाशन गरेको मौसम बुलेटिनअनुसार भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान हुन सक्ने हुँदा उक्त घटनाबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई नजिकको मनसुनी न्युन चापीय रेखाका कारण देशभरको मौसम बदली हुनुका साथै देशका धेरै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेका कारण प्रदेश–१, प्रदेश–२ र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा तथा प्रदेश–१ का एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।