रसुवागढी नाका  तीन सयभन्दा बढी सवारी साधन आयात

रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली  व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा  सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको...

सम्बन्धित सामग्री

रसुवागढी नाका : तीन सयभन्दा बढी सवारीसाधन आयात

काठमाडौं : रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन्।नेपाली  व्यवसायीमार्फत चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा  सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको हुन्। यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिकार एक सय ३२, इलेक्ट्रिक भ्यान ८२, हाइलक्स गाडी ११, लोडर उपकरण दुई र फ्युलकार ७८ वटासमेत रहेको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूले बताएका छन्।आयात भएका धेरैजसो सवारीसाधन भन्सार प्रक्र

देखापढी विजिनेश न्यूज

काठमाडौं। चालु आर्थिक वर्ष २०७९ ८०को साउन महिनामा ८ प्रतिशतले मूल्यवृद्धि भएको छ। भदौ ३१ गतेदेखि एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइलफोन सञ्चालनमा सरकारले रोक लगाइएको छ। सरकारले चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य स्थायी लेखा नम्बर पेश गर्नुपर्ने निर्णय गरेको छ। डेढ महिनादेखि बन्द तातोपानी र रसुवागढी नाका सञ्चालन भएसँगै बिहीबार मात्रै सातवटा कन्टेनर नेपाल भित्र्याइएको छ।

पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

वर्षाको कारण आएको पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि बिहानैदेखि सवारी साधन सञ्चालन भएका छैनन्।

चीनबाट टिपर तथा एम्बुलेन्स आयात

असार १७, रसुवा । सामान ढुवानीमा प्रयोग हुने टिपर तथा बिरामी बोक्ने एम्बुलेन्स चीनबाट रसुवागढी नाका हुँदै आयात भएका छन् ।  आयातको परिमाण २० अ‍ोटा ठूला टिपर एवम् एक एम्बुलेन्स रहेका छन् । ती सवारी साधन भन्सार प्रक्रिया पूरा गरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यही असार १ गतेदेखि १५ दिनको अवधिमा उक्त सवारी साधन पासाङल्हामु राजमार्ग हुँदै पर्साको वीरगञ्जतर्फ प्रस्थान भएका बताइएको छ । सवारी साधनका अलावा फलफूल स्याउ, निर्माणाधीन विद्युत् आयोजनाका उपकरण, ओखर, लसुन, जुत्ताचप्पल, तयारी पोशाक, अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री रहेका छन् । आयात भएका सामग्री बोक्ने मालवाहक सवारी साधन नियमितरूपमा राजधानी काठमाडौंतर्फ प्रस्थान गरिरहेका छन् । अनिवार्य मास्क लगाउन र एक सहयोगीबाहेक अन्य व्यक्ति नराख्न चालकलाई बारम्बार अग्रह गरिएको प्रहरीले जानकारी दिएको छ ।  कोरोना संक्रमणको जोखिम बढेसँगै पासाङल्हामु राजमार्गमा गुड्ने सानाठूला सबै प्रकारका सवारी साधनमा ठाउँ ठाउँको जाँच परीक्षणमा भने शून्यता छाएको छ । अवैध चिजवस्तु ओसारपसार नियन्त्रण एवम् सुरक्षा प्रदानका लागि सडक मार्गमा तैनाथ गरिएका सुरक्षा अंगले कोरोनाको त्रास बढेपछि परैबाट गाडी नम्बर टिपाइ छाड्ने गरेका छन् ।  चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनर भन्सार कार्यालयबाट शिलबन्दी भई आउने र अन्य सवारी साधनको हकमा जरूरी कामको प्रकृति हेरी कोभिड नियन्त्रण व्यस्थापन समितिको अनुमतिमा मात्र गुड्ने भएकाले गैरकानूनी क्रियाकलापको आशंका गर्ने ठाउँ नरहेको प्रहरीले जानकारी दिएको छ । कोभिड - १९ को जोखिमलाई मध्यनजर राखी प्रहरीको रेखदेखमा स्वास्थ्य मापदण्ड पूरा गरेका चालक तथा कामदार मात्र रसुवागढी नाकामा जान पाउने र सीमा क्षेत्रमै एकीकृत रूपको परीक्षण गर्ने व्यवस्था गरिएकाले अन्य क्षेत्रमा थप परीक्षण गर्न आवश्यक नरहेको सुरक्षा निकायले बताएको छ । रासस

https://nagariknews.nagariknetwork.com/social-affairs/248821-1592704035.html

आइतबार बिहान लेन्दी खोलामा आएको बाढीले तीनवटा सवारी साधन बगाएको छ। रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माणका लागि प्रयोग गरिएको टिप्पर, जेसिबी र लोडर बगाएको हो।

रसुवागढी नाका बन्द

चीनसँगको व्यापारिक नाका रसुवागढी नाका बिहीबार मध्यरातदेखि ७२ घन्टाका लागि बन्द गरिने भएको छ। चीनसँग सीमा जोडिएको नेपाली भूभाग रसुवामा हुन लागेको निर्वाचनलाई ध्यानमा राख्दै प्रशासनले अाज राति १२ बजेदेखि नाका बन्द गराउन लागेको हो। नाका बन्द हुँदा मान्छे एवं सवारी साधन आवात जावात गर्न पाउने छैनन्।