राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका ६५ जिल्लाबाट आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका करीब २ सय उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ। पार्टीका जिल्ला संगठनले पठाएका उम्मेदवारको छनोट चाँडो संसदीय समितिको बैठक बसेर गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए। सिफारिस आउने क्रम जारी रहेको भए पनि शनिबार साँझसम्म उम्मेदवार चयन गरिने छ। पछिल्लो पटक वामपन्थी…