काठमाण्डाै - दलहरुले प्रतिनिधि सभाका लागि १ सय १० जना र ७ वटै प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरेका छन् । पार्टी केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरेर हिजो ७ दलले नामावली बुझाएका छन् ।
प्रतिनिधि सभामा १ सय १० सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । सङ्घीय संसदमा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुप...