उम्मेदवार छनोट गर्न सकस

– तालमेल गरेर चुनाव लड्ने घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश नम्बर ७ बाट छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका छन् । नेकपा एमालेले प्रदेश नम्बर ७ बाट प्रतिनिधिसभा, प्रदेशसभाका लागि २ सय ७६ जना उम्मेदवार सिफारिस गरेको एमाले प्रदेश कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले बताए । प्रतिनिधिसभाका प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ ४८ जनाको नाम सिफारिस गरिएको छ ।

सम्बन्धित सामग्री

प्रमुख दलहरुले आज समानुपातिक तर्फको बन्दसूची बुझाउँदै : उम्मेदवार छनोट गर्न सकस

काठमाण्डाै - प्रमुख दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव समानुपातिक तर्फको बन्दसूची आज बुझाउँदैछन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले आज सूची बुझाउन लागेका हुन् । प्रमुख दलहरुलाई आकाङ्क्षी धेरै हुँदा नाम टुङ्गो लगाउन सकस परेको छ । निर्वाचन आयोगले बन्दसूची बुझाउन हिजो र आजको कार्यतालिका बनाएकोमा पहिलो दिन हिजो साना चार दलले मात्रै बन्दसूची बुझाएका छन् । ठूला दल मात्रै होइन आकाङ्क्षी छान्न नसकेर जसपा, लोसपा र राप्रपाले पनि हिजो सूची बुझाउन सकेनन् । बन्...

गठबन्धनभित्र सिट भागबन्डामा सकस, शेखरको ४० प्रतिशत दाबी

काठमाडौँ । गठबन्धनभित्र सिट संख्या भागबन्डामा सकस परिरहँदा काँग्रेसमा ४० प्रतिशत हिस्साको नेतृत्व गरिरहेका शेखर कोइरालाले एकातिर नेतृत्वलाई सय सिटभन्दा तल नझर्न दबाब दिइरहेका छन् । उनले उम्मेदवार छनोट न्यायोचित नभए पार्टीभित्र विद्रोह हुन सक्ने चेतावनी पनि दिइरहेका छन् । ४० प्रतिशत नेता–कार्यकर्ताको सुरक्षा गर्ने जिम्मेवारी उनको काँधमा छ ।

स्थानीय तह निर्वाचन : राप्रपा विराटनगरको उम्मेदवार छनोटमा सकस

विराटनगर- स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विराटनगरको उम्मेदवार छनोट सकसपूर्ण देखिएको छ। राप्रपा जिल्ला कार्यसमिति मोरङका अनुसार आकांक्षी बढी देखिएपछि आन्तरिक छलफल जारी रहेको छ। मोरङका राप्रपा अध्यक्ष माधव आचार्यका अनुसार विराटनगर महानगरका लागि पछिल्लो समय महामन्त्री प्रल्हाद साह र दिलीप धाडेवा दौडमा देखिएका छन्। केही समयअघि महानगरमा १० रुपैयाँमा खाना खुवाउने […]

स्थानीय तहको चुनाव : मतदाता भेट्न उम्मेदवार घरघरमा

म्याग्दी : सदरमुकाम र पालिकाका केन्द्रमा राजनीतिक दलहरूलाई उम्मेदवार छनोट गर्न सकस भइरहेको अवस्थामा ग्रामीण क्षेत्रका किसान मतदातालाई भने कामको चटारो छ।म्याग्दीको कुनै पनि स्थानीय तहमा मुख्य राजनीतिक दल नेकपा एमाले,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तीनवटै पार्टीले एउटै पदमा आआफ्नो उम्मेदवार छनोट गर्न सकेका छैनन्। कुनै पालिकामा कांग्रेसले पालिका प्रमुखको उम्मेदवार छनोट गरेको छ भने अन्य दुई दलले छनोट गर्न नसकेको अवस्था छ।त्यसैगरी नेकपा एमाले र माओवादीले उम्मेदवार छनोट गरेका पालिकामा कांग्रेस

स्थानीय तह निर्वाचन : म्याग्दीमा गठबन्धनलाई उम्मेदवार छनोट गर्न सकस

म्याग्दीमा सत्ता साझेदार पाँच दलीय गठबन्धनमा उम्मेदवार छनाेट गर्न सकस भएपछि दलहरूले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् । गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेका थिए । […]

बेनी नगरको उम्मेदवारमा कांग्रेसबाट १० र एमालेबाट ४ जना सिफारिस

म्याग्दी :  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसलाई उम्मेदवार छनोट गर्नै सकस भएको छ।कतिपय गाउँ कमिटी र नगरकमिटीले आ-आफ्नो स्थानीय तहमा उम्मेदवार छनोट गर्न नसक्दा जिल्ला कार्य समितिमा सिफारिस गरिएको छ। यहाँसम्म कि कैयौं स्थानीय तहले वडाध्यक्षको समेत टुंगो लगाउन सकेका छैनन्।नेपाली कांग्रेस बेनी नगर कार्य समितिले म्याग्दीको बेनी नगरपालिकाको मेयरका लागि १० जना र नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ।बिहीबार साँझ (हिजो) बसेक

कर्णालीमा धमाधम उम्मेदवार छान्दै एमाले, गठबन्धनमा सकस

कर्णाली प्रदेशका पालिकाहरुमा एमालेले धमाधम उम्मेदवार छनोट गरिरहेको छ । ७९ वटा स्थानीय तह रहेको कर्णालीमा एमालेले धेरैजसो पालिका र वडा तहमा उम्मेदवार छनोट गर्ने कार्य सकाएको  छ । उता पाँचदलीय सत्ता गठबन्धन संयन्त्र भने भागवण्डाको गृहकार्यमा नै व्यस्त छ । त्यसैले उम्मेदवार छनोटमा ढिलाई भइरहेको छ । एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहका अनुसार जाजरकोटको भेरी नगरपालिकामा उम्मेदवारको टुंगो लगाईसकिएको छ । यो नगरपालिकामा अहिलेका मेयर सीपी घर्ती नै मेयरको उम्मेदवार बनेका छन् । यस

उम्मेदवार छान्न वडास्तरमै सकस

सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ। आकाङ्क्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्न गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लाई सकस भएको हो। नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने नीति लिएको छ।'केही ठाउँमा सर्वसम्मत चयन भएको छ भने धेरैजसोमा आकाङ्क्षी धेरै हुँदा वडा समितिले पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै जिल्लामा नामावली पठाउनेछ,' काँग्रेस जिल्ला सभापति नन्दप्रसाद न्

गण्डकी प्रदेश सभापतिमा पौडेल पक्षबाट शुक्रराज शर्मा उम्मेदवार

१६ मंसिर, पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा संस्थापनइतरबाट कास्कीका नेता शुक्रराज शर्माको नाम टुंगो लागेको छ । ५ जना आकांक्षी हुँदा उम्मेदवार छनोट गर्न सकस परेको संस्थापनइतर समूह २ दिनको छलफलबाट शर्मालाई प्रदेश सभापतिमा उठाउने निर्णयमा पुगेको हो । धेरै जनाको आकांक्षा हुँदा उम्मेदवार छान्नै सकस परेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. […]

उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न काँग्रेसभित्र सकस

काठमाडौंः आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न नेपाली काँग्रेसभित्र सकस भएको छ । पार्टीको विधानअनुसार उम्मेदवार छनोट नगर्ने र सम्बन्धित निर्वाचन क्षेत्रबाट आएका उम्मेदवारलाई टिकट नदिई केन्द्रीय नेतृत्वले ...