‘हार भो भनेर पिर नमान ।’ यस वाक्यको सार्थकता यसैपल्टको चुनावबाट भयो । यस अर्थमा यो वाक्यांश प्रयोग भएको छ कि, यस पटकको चुनावमा जस्ता दृश्यहरू देखिए, ती निकै पृथक ठहरिए । हारबाट उम्मेदवारहरूले सिक्नुपर्छ भन्ने ज्ञान अघिल्लो पल्ट हारेका उम्मेदवारहरूले यस पटक हारेकाहरूलाई दिएको देखियो । जनतासँगको सम्बन्धमा परिवर्तन ल्याउन र जनताको आँखामा छाउन सकिन्छ भन्ने उपदेश दिएर गयो यस पटकको स्थानीय चुनाव । केही उम्मेदवारहरूले भोग्न परेको अघिल्लो पटकको हारलाई यसपटक भने जीतमा परिणत गरेका छन्, र यो नै