यौनकर्मीको दृष्य हटाएर प्रकाश सपुतकाे ‘पिर’ युट्युबमा अपलोड

काठमाण्डाै - गायक प्रकाश सपुतले आफ्नो गीत 'पिर' को भिडियोमा रहेको यौनकर्मीको दृष्य हटाएका छन् ।माओवादीका पूर्व लडाकु महिलाले जीवन जिउन समस्या परेपछि यौनकर्मी बन्नुपरेको दृष्य गीतको भिडिओमा राखेपछि विभिन्न बहस र विवाद उत्पन्न भएका थिए । गायक सपुतले यौनकर्मीको दृष्य हटाएर आज बेलुका ‘पिर’लाई फेरि युट्युबमा अपलोड गरेका हुन् ।कतिपयले प्रकाश सपुतले कलामार्फत माओवादी आन्दोलनमा लागेकाहरुको यथार्थ दृष्य प्रस्तुत गरेको बताएका थिए भने माओवादीकाे भातृ सङ्गठनले गीतको भिडिओमा आपत्तिजनक दृ...

सम्बन्धित सामग्री

अर्घाखाँचीमा गायक प्रकाश सपुतको क्रेज, भीड व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे

अर्घाखाँची । नेपाली साङ्गीतिक क्षेत्रका लोकप्रिय गायक प्रकाश सपुत पछिल्लो समय हुने देश विदेशका कार्यक्रममा व्यस्त हुने कलाकार मध्येका एक हुन । अर्घाखाँचीमा जारी महोत्सवमा आफ्नो प्रस्तुती दिनका लागि स्टेज प्रवेश गर्न साथ उनले दर्शकको राम्रो साथ पाएका थिए । बोल माया, गलबन्दी च्यातियो तिम्ले तानेर, मेरो पनि हैन र यो देश, कुरा बुझ्नुपर्चु, पिर, […]

समाजबाट परिचालित भएर ‘पिर’ निकालेँ : प्रकाश सपुत

काठमाडौं । गायक तथा मोडल प्रकाश सपुतले आफू समाजबाट परिचालित भएर ‘पिर’ गीत सार्वजनिक गरेको बताएका छन् । ‘पिर’ गीत सार्वजनिक गरेपछि माओवादी कार्यकर्ताले आफूहरूविरुद्ध शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएपछि उनले आफू समाजबाट परिचालित भएको जवाफ दिएका हुन् । आज (बिहीबार) पत्रकार सम्मेलन गरेर उनले आफू समाजबाट परिचालित हुने गरेको र अन्य शक्तिले आफूलाई […]

प्रकाश सपुत भन्छन्– ‘समाजकाे भावनालाई बुझेर त्याे दृश्य हटाइएकाे हाे’

काठमाण्डाै – गायक प्रकाश सपुतले पछिल्लो गीत 'पिर' बाट हटाएको दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई बुझेर हटाएको स्पष्टीकरण दिएका छन् ।  आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै उनले गीतमा रहेको देहव्यापारसम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताएका हुन् । उनले त्याे दृश्यले समाजमा र त्यस्तै पेसामा आधारित मानिसहरूलाई झनै पिर परेको भन्दै गीतबाट केही दृश्य हटाउनुपरेको बताए ।  गायक सपुतले भने, ‘त्यहाँ छोडिएका प्रश्नहरू हटाएकाे भए, यदि त्यहाँ लोकेन्द्र सरको ...

दबाबमा नभई समाजको भावनालाई लिएर 'पिर'बाट दृश्य हटाइएको हो : प्रकाश सपुत

काठमाडौं । सर्जक प्रकाश सपुतले कसैको दबाबमा पछिल्लो गीत पिरबाट दृश्य हटाएको नभई समाजको भावना बुझेर हटाएको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सपुतले पिर गीतमा रहेको देहव्यापारसम्बन्धी  दृश्य  कसैको दबाबमा नभई समाजको भावनालाई लिएर हटाएको बताएका हुन् । उनले उक्त दृश्यले समाजमा र त्यस्तै पेसामा आधारित मानिसहरूलाई झनै पिर परेको भन्दै...

‘पिर’ गीतबाट एउटा तप्काको चित्त दुखोस् नै भन्ने थियो : प्रकाश सपुत

गायक प्रकाश सपुतले हालै आफूले सार्वजनिक गरेको गीत ‘पिर’ बाट समाजको एउटा तप्काको चित्त दुख्छ भन्ने आफूलाई पूर्व जानकारी रहेको र उनीहरुको चित्त दुखोस् नै भन्ने उद्देश्य रहेको बताएका छन् ।‘पिर’ गीतका सम्बन्धमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गायक सपुतले आफ्नो गीत नेपाली समाजको प्रतिविम्ब रहेको बताए । उनले भने, ‘यो गीतले आम मानिसले बोलिरहेको समस्या, पासपोर्टको समस्या, एउटै कामले गुजारा गर्न नसकेर अलग अलग क्षेत्रमा प्रयास गर्दै आउनु परेको समस्या प्रदर्शन गर्न खोजेको हो,