मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बिहीबार साँझ बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । बिहीबार नै मुख्यमन्त्री नियुक्त भएका केसीले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथ ग्रहणपछि प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक बसेको हो ।मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, कोभिड–१९ का बिरामीको तत्काल उद्धार गर्न हटलाइन र सवारी