काठमाडौं। राइड सेयरिङ एप पठाओले आर्यघाटका लागि पशुपति विकास कोषलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ। कम्पनीले पाँच लाख रुपैयाँ बराबरका सामाग्री दिएको कम्पनीका प्रवक्ता सुरक्षा हमालले बताइन्। पठाओले दुई थान अक्सिजन कन्सन्ट्रेटर, पाँच सय थान ह्यान्ड सेनिटाइजर, पाँच हजार थान सर्जिकल मास्क र दुई थान अक्सिमिटर लगायतका सामाग्री कोषलाई सहयोग वापत दिएको उनले जानकारी दिइन्। […]