तस्करीको करिब ६१ केजी सुन प्रकरणमा एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पुर्याउने मुख्य ‘व्यवस्थापक’ किटान गरेर प्रहरीले अनुसन्धान टुंग्याएको छ ।
काठमाडौं- विमानस्थलबाट भित्रिएको अवैध सुन प्रकरणमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले बताएका छन्। प्रहरीले राजधानीका विभिन्न स्थानबाट मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई रहेका […]
काठमाडौँ – राजस्व अनुसन्धान विभागले अवैध सुन तस्करी प्रकरणमा काठमाडौँको ठमेलस्थित होटल भियनाबाट एक जनालाई पक्राउ गरेको छ। विभागको टोलीले आइतबार होटलबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार पक्राउ परेका छिरिङ नेपाली मूलका बेल्जियमका नागरिक हुन्। सुन प्रकरणमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। योसँगै पक्राउ पर्नेको संख्या […]