सय केजी सुन प्रकरण: ठमेलस्थित होटल भियनाबाट एकजना पक्राउ

काठमाडौँ – राजस्व अनुसन्धान विभागले अवैध सुन तस्करी प्रकरणमा काठमाडौँको ठमेलस्थित होटल भियनाबाट एक जनालाई पक्राउ गरेको छ। विभागको टोलीले आइतबार होटलबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार पक्राउ परेका छिरिङ नेपाली मूलका बेल्जियमका नागरिक हुन्। सुन प्रकरणमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। योसँगै पक्राउ पर्नेको संख्या […]

सम्बन्धित सामग्री

सुन प्रकरण छानबिनको माग गर्दै रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनअघि पक्राउ गरिएको करिब एक सय केजी सुन प्रकरणको छानबिन गर्न माग गदै रास्वपाले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । उक्त प्रकरणमा छलफलका लागि बुधबार रास्वपाका सांसदहरुले संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

सय केजी सुन प्रकरण : थप दुईजना पक्राउ, पक्राउ पर्नेको संख्या १० पुग्यो

काठमाडौँ। हङकङबाट ल्याइएको करिब १०० किलो सुन तस्करीमा संलग्नहरु पक्राउ पर्न थालेका छन्। राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले यस प्रकरणमा संलग्नहरूलाई बिहीबारबाट पक्राउ गर्न थालेको छ। विभागबाट खटिएको टोलीले बिहीबार साँझसम्म यस प्रकरणमा संलग्न चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको छ। काठमाडौंका छुट्टाछुट्टै स्थानबाट बिहीबार अनुसन्धान विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ […]

सुन प्रकरण छानबिनका लागि समिति गठन

काठमाडौं । भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारीदिए । उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गरका हुन । “विभागका कर्मचारीले आवश्यक चेक जाँच गरे पनि कहिलेकाँही प्राविधिक त्रुटीका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको हो”, सूचना अधिकारी खड्काले भने। राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले मङ्गलबार राति सुन बरामद गरिएको र उक्त सुन भन्सार विभागमार्फत सुरक्षित भण्डारणका लागि नेपाल राष्ट्र बैंक पठाइएको जानकारीदिए ।उनले सुन बाहिर ल्याउन प्रयोग गरिएको ट्याक्सी र त्यसका चालकलगायतलाई प्रक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए ।