कैलालीका भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व उठ्यो

कैलाली भन्सार कार्यालयले कोरोना महामारीबीच पनि भन्सार राजस्व संकलन वृद्धि गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले लक्ष्यभन्दा आठ प्रतिशत अर्थात् ६२ करोड ४० लाख ५७ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको जानकारी दिएको छ ।अघिल्लो आर्थिक वर्ष २०७६/०७७ भित्र कोरोना महामारीका कारण यो कार्यालयले लक्ष्यभन्दा २७ प्रतिशत कम राजस्व संकलन गरेको थियो । तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य निर्धारण गरिएकोमा आठ अर्ब ८४ करोड १४ लाख २८ हजार रुपैय

सम्बन्धित सामग्री

६ महिनामा उठ्यो ५ खर्ब ७६ अर्ब राजस्व, कसको योगदान कति ?

२८ माघ, काठमाडौं । चालु आर्थिक आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले राजस्व संकलन लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । साउनदेखि पुस मसान्तसम्म सरकारले कुल ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १०३ प्रतिशत प्रगति हो । यस अवधिमा ५ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ […]