काठमाण्डाै - यूईएफए नेसन्स लिगमा पोर्चुगललाई हराउँदै स्पेन फाइनल चारमा पुगेको छ । गएराति भएको खेलमा स्पेनले घरेलु टोलीलाई १–० गोलले हरायो ।
स्पेनका लागि खेलको अन्तिम समय ८८औँ मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । ९०औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले बराबरी गर्ने अवसर पाए पनि गोलरक्षकले जोगाए । जितसँगै स्पेन नेसन्स लिग 'ए' समूह २ मा ६ खेलबाट ११ अङ्क जोडेर शीर्षस्थानमा रह्यो ।
पराजित पोर्चुगल १० अङ्ककासाथ दोस्रो स्थानमा, स्विट्जरल्यान्ड ९ अङ्कसहित तेस्रो र चेक रिपब्लिक ४ अङ्ककासाथ...