इङलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले लिगमा १५ अंकको स्पष्ट अग्रता कायम गरेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा सिटीले वेष्ट ब्रोमलाई ३–० ले हरायो । सिटीको जितमा खेलको १९ औं मिनेटमा फर्नान्डीनो, ६८ औं मिनेटमा केभिन डे ब्रुयन र ८९ औं मिनेटमा सर्जियो अग्युइरोले गोल गरेका थिए । जितपछि शिर्ष स्थानको सिटीको २५ खेलबाट ६८ अंक भएको छ।