काठमाडौं : नेपाली कांग्रेससहितका विपक्षी गठबन्धनले सबै प्रदेशमा गठबन्धन सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ।आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा नेताहरुले गण्डकी प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्दै जाने निष्कर्षमा पुगेका हुन्।देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेतृ दुर्गा पौडेल