- एमाले र माओवादीका तीन–तीन, एकीकृत समाजवादीका दुई र कांग्रेसका एक निवर्तमान संघीय सांसद प्रदेशमा भिड्दै
- कतिपय पूर्वसंघीय सांसद भावी मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशमा झरेका छन् भने कतिपयले संघको टिकट नपाएपछि प्रदेशमा चित्त बुझाएका...
जनकपुरधाम – मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ। प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ। यद्यपि दलगत हिसाबमा नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन् भने समानुपातिकतर्फ कांग्रेस पहिलो र एमाले दोस्रो भएका छन्। मधेश प्रदेशमा सत्ता गठबन्धनका दलले प्रत्यक्ष र समानुपातिक गरी ४६ […]
काठमाडौँ- निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको मत परिणामअनुसार बागमती प्रदेशमा कांग्रेस २४ सिटसहित पहिलो पार्टी भएको छ । सो प्रदेशमा माओवादी १४ सिटसहित दोस्रो स्थानमा छ भने प्रदेश १ र मधेस प्रदेशमा पहिलो रहेको नेकपा एमाले बाग्मतीमा पनि १२ सिटसहित तेस्रो स्थानमा रहेको छ । सो प्रदेशमा सात वटा पार्टी प्रदेशसभामा आउन सफल भएका छन् । […]
काठमाडौँ – मनसुनको न्यून चापीय रेखाका कारण देशभरको मौसममा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा आंशिक बदली रहेको छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि दिउँसोदेखि रातिसम्म […]
काठमाडौँ – यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो । देशका बाँकी भू–भागमा केही दिन पछि मनसुन प्रणाली प्रवेश हुने अनुमान गरिएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडिनै नेपालको पूर्वी […]
काठमाडौं, जेठ १२ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । देशभरका ७ सय ५३ पालिकामध्ये ७ सय ४७ पालिकाको परिणाम आउँदासम्म कांग्रेस सातै प्रदेशमा पहिलो दल बनेको हो । यसैगरी, नेकपा एमाले पाँच प्रदेशमा दोस्रो दल बनेको छ भने दुई प्रदेशमा माओवादी केन्द्रले सो स्थान […]
काठमाडौं, जेठ ८ । स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको मतगणना सार्वजनिक हुँदा नेपाली काँग्रेस सबै प्रदेशमा ठूलो दल बन्ने भएको छ । शनिबार सम्मको मतगणना परिणामअनुसार काँग्रेस प्रदेश १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ भने बागमती प्रदेशमा ४८ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ । मधेस प्रदेशबाहेक […]
स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको मतगणना सार्वजनिक हुँदा नेपाली काँग्रेस सबै प्रदेशमा ठूलो दल बन्ने भएको छ ।शनिबार सम्मको मतगणना परिणामअनुसार काँग्रेस प्रदेश १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ भने बागमती प्रदेशमा ४८ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।मधेस प्रदेशबाहेक अरू सबै प्रदेशमा ४२ प्रतिशतभन्दा बढी स्थानीय तहमा काँग्रेसले जित हासिल गरेको छ । मधेस प्रदेशमा
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार मधेश प्रदेशमा महिलाभन्दा पुरुष बढी रहेका देखिएको छ ।
बुधवार सार्वजनिक गरिएको विवरणअनुसार मधेश प्रदेशमा लैंगिक अनुपात १००.९९ रहेको छ ।
मधेश प्रदेशमा महिलाभन्दा पुरुषको संख्या बढी देखिएको विभागका तथ्यांक अधिकृत दीनानाथ लम्सालले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार लैंगिक अनुपात भनेको प्रति १०० महिलामा पुरुषको संख्या हो ।
२०६८ सालको जनगणनामा समेत मधेशको लैंगिक अनुपात १०१.१८ रहेको थियो ।
लैंगिक अनुपातमा सुदूरपश्चिम ...
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार २३१ जनामा कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, प्रदेश १ मा ४१३ जना, प्रदेश २ मा ११ जना, गण्डकी प्रदेशमा २७८ जना, लुम्बिनी प्रदेशमा १४६ जना, कर्णाली प्रदेशमा ४० जना र सुदूरपश्चिम प्रदेशमा ८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका सात प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा बागमती प्रदेशमा १ हजार ५४८ जना संक्रमित थपिएका थिए। यस्तै प्रदेश १ मा ३१८, गण्डकी प्रदेशमा २५९, लुम्बिनी प्रदेशमा १९३, कर्णाली प्रदेशमा १८१, प्रदेश २ मा १०६ र सुदूरपश्चिम प्रदेशमा १०४ जना संक्रमित थपिएका छन्।