निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

गौर : रौतहटको मौलापुर नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको शहीद स्मृति बहुउद्देश्यीय भवन निर्माणमा ठेकेदारले गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको छ।मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहको नेतृत्वमा गएको अनुगमन टोलीले भवन निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको तथ्य फेला पारेको हो। निर्माण स्थलमा माटो मिसिएको बालुवा, गुणस्तरहीन सिमेन्ट, फोहोर गिट्टी प्रयोग भइरहेको मौलापुर नगरपालिकाकी नगरप्रमुख साहले बताइन्।शहरी डिभिजन कार्यालय वीरगञ्जको निगरानीमा निर्माण भइरहेको ती भवनमा गुणस्तरहीन

सम्बन्धित सामग्री

प्रशासकीय भवन निर्माणमा दोयम इँटा

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्माणाधीन प्रशासकीय भवनमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको पाइएको छ । भवनको दोस्रो र तेस्रो तलामा गुणस्तरहीन दोयम इँटाको प्रयोग भइरहेको देखिन्छ । निर्माण कम्पनीले कर्मचारी र जनप्रतिनिधिसँगको मिलेमतोमा दोयम इँटा प्रयोग गरिरहेको स्थानीयको आरोप छ । आगनमै निर्माण भइरहेको प्रशासकीय भवनमा कमसल सामग्री प्रयोग भइरहेको भए तापनि जनप्रतिनिधि र कर्मचारी भने […]

सडक ग्राभेल र मेसिनरी वाल निर्माणमा माटोको प्रयोग

नेपालकै सबैभन्दा ठूलो ताल रारा जोड्ने मुगुको ताल्चा–सल्लेरी सडक खण्डमा मेसिनरी वाल बनाउने काममा बालुवा प्रयोग गर्नुपर्ने भए पनि बालुवाको नाममा सडकको छेउछाउमा रहेको माटो मात्र प्रयोग गरेको पाईएको छ । ताल्च जिरो प्वाइन्टदेखि सल्लेरीसम्मको करिब चार किलोमिटर सडक खण्डमा गुणस्तरहीन वाल लगाएको भन्दै स्थानीयले विरोध गरेका छन् ।सडकको ग्राभेल तथा पहिरो रोक्न मेसिनरी वाल […]

विकास निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग

सिरहा– सिरहाको लहानस्थित मत्स्य विकास केन्द्र हातामा भइरहेको विभिन्न विकास निर्माणका कार्यमा कर्मचारी र ठेकेदारले गुणस्तरहीन सामग्रीको प्रयोग गरिरहेको पाइएको छ । विकास केन्द्र हाताभित्रै पूर्वाधार निर्माणको काममा कर्मचारी र निर्माण कम्पनीको मिलेमतोमा गुणस्तरहीन काम भइरहेको हो । मत्स्य विकास केन्द्रमा सहलेश कन्ट्रक्सन लहानले १५ लाखमा १७२ मिटर लामो फिडिङ क्यानल निर्माणको ठेक्का स्वीकार गरी काम […]

विकास निर्माणमा मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको कडा चेतावनी

काठमाडौं । सरकारले मारुती सिमेन्ट प्रयोग गरे प्रयोग गर्न दिने निकायमाथि नै छानबिन हुने स्पष्ट पारेको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुुणस्तरहीन भन्दै बजारमा भएको पनि फिर्ता गर्न निर्देशन दिइसकेको छ । मारुती सिमेन्ट प्रयोग गर्नै नमिल्ने सरकारी अधिकारीले स्पष्ट पारेका हुन् । मारुती सिमेन्टले नेपाली बजारमा ४३ ग्रेडको गुणस्तरहीन सिमेन्ट उत्पादन […]

विकास निर्माणमा मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको कडा चेतावनी

काठमाडौं, मंसिर १३ । सरकारले मारुती सिमेन्ट प्रयोग गरे प्रयोग गर्न दिने निकायमाथि नै छानबिन हुने स्पष्ट पारेको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुुणस्तरहीन भन्दै बजारमा भएको पनि फिर्ता गर्न निर्देशन दिइसकेको छ । मारुती सिमेन्ट प्रयोग गर्नै नमिल्ने सरकारी अधिकारीले स्पष्ट पारेका हुन् । मारुती सिमेन्टले नेपाली बजारमा ४३ ग्रेडको गुणस्तरहीन […]

मुसैली पोखरी निर्माणमा कमसल सामग्री प्रयोग

सर्लाहीको मलंगवामा रहेको मुसैली पोखरी निर्माणमा कमसल सामग्री प्रयोग भएको पाइएको छ ।प्रदेश २ सरकारद्वारा सञ्चालित उक्त योजनामा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको स्थानीयबासीको भनाइ छ । मलंगवा नगरपालिका–७ बडकीपोखरी सौन्दर्यीकरणमा ठेकेदारले पोखरीमा कमसल सामग्री प्रयोग गरी मापदण्डविपरीत निर्माण गर्दा निर्माणाधीन पर्खाल भत्किएको हो ।तोकिएको समयमा योजना पूरा नहँुदा पोखरीबाट हुने मासिक दुई लाख आम्दनीसमेत […]

कैलालीमा ठेकेदारले कमसल सडक बनाएको भन्दै स्थानीय विरोधमा उत्रिए

बिराज रोस्याराकैलाली । कैलालीको सहजपुर–अलाड सडक निर्माणमा चरम लापरबाही भएको छ । सडक निर्माणमा मापदण्ड बिपरित गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ भने ठेकेदार कम्पनिको ढिलासुस्तीले सर्वसाधरणले हैरानी खेप्नु परेको छ । निर्माण कम्पनीको ढिलासुस्ती र स्थानीय सरकारले बेवास्ता गरेका कारण निर्माणाधीन सडक मापदण्ड बिपरित र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका छन् । निर्माणाधीन […]

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

निर्माण कम्पनीले नाफा मात्रै चाहेको र स्थानीय सरकारले बेवास्ता गरेका कारण निर्माणाधीन सडकको पर्खालमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको भन्दै स्थानीयले आक्रोश पोखेका हुन्।...

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

कैलालीको चुरे गाउँपालिका जोड्ने सहजपुर–अलाड सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको छ।...

पुल निर्माणमा ठेकेदारको लापरबाही : माटैसहित घोलेर ढलान

ओखलढुंगा : ओखलढुंगाको सिद्धिचरण नगरपालिका-४ र चिशंखुगढी-८ जोड्ने मोटरेबल पक्की पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ।ठेकेदारले ठेक्का सम्झौता गरेको एक वर्षसम्म पुल निर्माणका काम नै नथालेपछि पटक पटक ताकेता गरेर काम सुरु भएको छ। निषेधाज्ञाका बीच भइरहेको निर्माणमा अनुगमन गर्ने निकायको ध्यान नपुग्दा ठेकेदारले लापरबाही गरेको स्थानीयको भनाइ छ। वैशाखमै म्याद सकिएको पुलको जग हाल्ने काम भइरहेको भए पनि लापरबाही भएको र बालुवामा बराबरी माटो र गिटीसमेत नपखाली मोटैसहित